दार्चुला महोत्सव प्रचार सम्बन्धमा मिडियाहरुसंग छलफल, प्रचारका लागि १२ ओटा मिडियालाई जिम्मेवारी  ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुला महोत्सवको प्रचार–प्रसारका लागि उद्योग वाणिज्य संघ दार्चुलाले जिल्ला स्थित मिडियाहरुसंग छलफल गरेको छ । माघ २५ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुन लागेको दार्चुला महोत्सको प्रचार प्रसारका लागि मिडियाहरुसंग छलफल गरिएको हो ।
सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सवको प्रचार–प्रसारका लागि उद्योग वाणिज्य संघले जिल्ला स्थित सञ्चारमाध्यमको प्रतिनिधिहरुसंग छलफल गरिएको हो । दार्चुला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मदनसिँह बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले जिल्ला स्थित विभिन्न १२ ओटा सञ्चार माध्यमहरुलाईृ महोत्सवको प्रचार–प्रसारका लागि जिम्मेवारी दिइएको छ ।
जिल्लास्थित ६ ओटा सामुदायिक रेडियो, ४ ओटा पत्र–पत्रिकाहरु र २ ओटा अनलाईन मिडियाहरुलाई महोत्सवको प्रचार प्रसारको जिम्मेवारी दिइएको उद्योग वाणिज्य संघ दार्चुलाका महासचिव मिलनराज अवस्थीले जानकारी दिनु भयोे । यही माघ २५ गतेदेखि सञ्चालन गर्न लागिएको महोत्सवको प्रचार–प्रसारका लागि जिल्लास्थितका सबै सञ्चार माध्यमलाई जिम्मेवारी दिइएको हो । कालापानी एफ एम, नयाँ नेपाल एफ एम, दार्चुला एफ एम, मालिकार्जुन एफ एम, सारथी एफ एम, रेडियो सारथी गरी ६ ओटा रेडियोहरुलाई प्रचारको जिम्मेवारी दिइएको हो । 
यस्तै दार्चुला सन्देश, मानसरोबर, कालापानी पोष्ट र मालिकार्जुन दैनिक गरी ४ ओटा पत्रपत्रिकाहरु र सुदूरदृष्टिकोण तथा कालापानी अनलाईन मिडियालाई प्रचारको जिम्मेवारी दिइएको दार्चुला  उद्योग वाणिज्य संघले जनाएको छ ।