सौका समुदायले देउसी भैली खेलि गबला पर्व मनाउदै ।।

नयाँ नेपाल समाचार, दार्चुला ।

सौका समुदायको सबै भन्दा ठुलो पर्व गबला पर्व आज मनाईदै छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिन मनाइने सौका समुदायको सबै भन्दा ठुलो पर्व गबला पर्व आज मनाउन लागिएको हो । 
दार्चुला जिल्लामा मात्रै बासोबास रहेको सौका समुदायले मनाउने गबला पर्व हरेक वर्ष पौष शुक्ल पूर्णिमाका दिन मनाउने चलन छ । सौका समुदायको पनि व्याँसी सौकाहरुले बढी उत्साहका साथ मनाउने गरेको व्याँस गाउँपालिका वडा नम्बर १ शोभा तिंकरीले बताए ।
सौका समुदायमा गबला देवताको पूजाआजा अर्थात् गबला पर्व मनाएपश्चात् मात्रै विबाह ब्रतबन्ध जस्ता शुभकार्य गर्ने परम्परा रहेको व्याँसकै अर्का स्थानीय सोनिका तिंकरीले बताए । गबला पर्ब मनाउनु पूर्व साइत जुराएर धच्र्यु चुमो गर्ने परम्परा रहेको छ । सौका समुदायको भाषामा धच्र्यू चुमो भनेको बाँसको लिंगोमा ध्वाजा लगाएर घरघरमा ठड्याउने गरिन्छ अर्थात् स्थापना गर्ने परम्परा रहेको छ ।
व्याँसी सौका समुदायको ठूलो पर्वका रुपमा मनाइने गबला पर्वको अर्काे मूख्य विशेषता माघ महिनामा देउशी भैलो खेल्ने प्रचलन छ । सौका समुदायले गबला पर्वको अवसरमा देउसी भैलो खेल्ने चलन रहेको छ । हिन्दु धर्मालम्बीहरुका अन्य समुदायमा कात्र्तिक महिनामा तिहारका बेला दिपावलीका अबसरमा खेल्ने देउसी भैलो सौका समुदायले गबला पर्बका अबसरमा खेल्ने गरेका छन् । गबला पर्वका अबसरमा इष्टमित्रहरुबीच भेटघाँट गर्ने चलन छ ।

आक्रान्त बनाउदै चलचित्र निर्देशक प्रमोद !

काठमाडौं । यस अधि नै चलचित्र निर्देशनमा निरन्तर सक्रिय रहेका प्रमोद भण्डारीले अब ‘आक्रन्त’ नामक चलचित्रको निर्माण तथा निर्देशन गर्ने भएका छन् ।

गोल्डेन ग्लोब अवार्ड २०१८ : कुन बिधामा कसले जिते अवार्ड ?

काठमाडौं,  गोल्डेन ग्लोब अवार्ड २०१८ मा थ्री बिलबोर्ड्स आउटसाइड एबिङ, मिजोरीले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । यो चलचित्रले समग्रमा

‘सुपर मोडल नेपाल–२०१८’ 

काठमाडौं,  ‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरु प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित

लोकप्रिय गायक रञ्जित लामाका नयाँ गीत बजारमा 

काठमाडौं ।  लोकप्रिय गायक रञ्जित लामाको ‘आउन माया आउ’ बोलको गीतको म्युजिक भिडियो  यसै साता सार्वजनिक भएको छ । विगत पाँच वर्ष संगीत क्षेत्रमा