हल्द्वानीमा झडप धारचुला बन्द ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
सिमावर्ति क्षेत्र धारचुलाका युवाहरुमाथि भारतको हल्द्वानीमा भएको कुटपिटका बिरुद्धमा आज धारचुला बजार पूर्ण बन्द गरिएको छ ।
हिजो साथिहरुसँग किनमेल गर्न गएका धारचुलाका कबिन्द्र रौतेलासहित तिन जनामाथि हल्द्वानीको समा होटेल नजिकै अर्को युवा समूहले सामुहिक कुटपिट गरेको थियो ।
सामुहिक कुटपिटमा परेका रौतेलाको अवस्था गम्भीर भएको र अन्य तिन जनासमेत घाइते भएको धारचुला क्षेत्रबाट पत्रकारिता गर्ने पत्रकार कृष्ण गब्र्यालले जानकारी दिएका छन् ।
हल्द्वानीमा धारचुलाका युवाहरुमाथि भएको कुटपिटको बिरोधमा धारचुलाका व्यापारीहरुले पूर्ण बजार बन्द गरेको व्यापारीहरुले जानकारी दिएका छन् ।
आजै रं युथ फोरम र धारचुला युवा संघले कुटपिटको बिरोधमा बन्दको आह्वान गरेको थियो । दुबै युवा संघले तीन दिनभित्र कुटपिटमा संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा नलिएले सशक्त आन्दोलन गर्ने जानकारी दिएका छन् ।
सिमावर्ती बजार क्षेत्र बन्द हुँदा नेपाली तथा भारतीय क्षेत्रका स्थानीयहरु मार्कामा परेका छन् । दैनिक उपभोग्य सरसमानको समेत आपूर्ति नहुँदा समस्या भएको स्थानीय रमेश धामीले जानकारी दिनु भयो ।