हिउदे वर्षाको प्रभाव : हिमाल सेताम्य, सडक हिलाम्य, यातायात र सञ्चार अबरुद्ध ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दुईदिनदेखिको हिउँदे वर्षाका कारण हिमाल सेताम्य र सडक हिलाम्य भएका छन् । मंगलबार परिहेको अविरल वर्षाका कारण उच्च हिमाली क्षेत्रमा भारी हिमापात भएको छ भने वर्षाले गर्दा सडकहरु हिलाम्य भएका हुन् ।
दुईदिनदेखि परिहरको हिउदे वर्षाका कारण दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्रकै सडकहरु हिलाम्ये भएका छन् । नगरपालिका क्षेत्र समेत रहेको महाकाली नगरपालिकाको वडा नम्बर ५ मोती क्षेत्रको सडक हिलै हिलोले पोतिएको छ । सडक हिलाम्य भएको उक्त सडक रहेको क्षेत्र नगर क्षेत्रले मात्रै छोएका छैन दार्चुला तिंकर सडकखण्ड अन्तरगतको सडक हो । महाकाली कोरिडोर अन्तरगत रहेको दार्चुला–तिंकर सडक खण्डको सडक तथा नगरपालिका क्षेत्रको सडक हिलै हिलोले पोतिएको स्थानीय नरेश अवस्थीले बताए ।
नगरपालिका तथा सदरमुकाम क्षेत्रको उक्त सडकखण्डमा कालोपत्रे गर्न नसकिएको हिउँदे वर्षा हुदाँ यस्तो समस्या आएको हो । बेलैमा कालोपत्रे गरिएको भए यस्तो समस्या नआउने स्थानीयहरुको भनाई छ । उक्त सडक भएर सवारी साधन तथा पैदल यात्रीहरुलाई समेत आवत् जावत् गर्न समस्या भएको छ ।
नगरपालिका क्षेत्र हुदै विस्तार गरिएको दार्चुला तिंकर सडक खण्ड अन्तरगत पर्ने उक्त सडक खण्ड जिल्ला सदरमुकाम खलंगा क्षेत्र भित्रकै हो । जिल्ला सदरमुकाम खलंगा क्षेत्रको यातायातको अवस्थाले सिंगो जिल्लाकै यातायातलाई छर्लंग पारिदिएको छ । जिल्लाका विभिन्न ग्रामीण सडकखण्डहरु पनि यसरी हिलैहिलो हुदाँ सवारी साधनहरु सञ्चालन गर्न समेत समस्या भएको मार्मा गाउँपालिकाका स्थानीय विक्रमसिँह महराले बताए ।
दुई दिनदेखि लगातर परेको हिमपात र वर्षाले जिल्लाको यातायात र सञ्चार सेवा अबरुद्ध भएको छ । दार्चुलाको व्याँस र अपिहिमाल गाउँपालिकाका अधिकांश क्षेत्रमा हिमपात भएको छ भने दुहूँ, नौगाड र मार्मा क्षेत्रका उच्च पहाडि क्षेत्रका साथै सबै स्थानीय तहका उच्च क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 
निरन्तरको हिमपात र वर्षाले जिल्लाको यातायत र सञ्चार पूर्ण रुपमा प्रभावित भएको छ । सडक हिलाम्य भएपछि मार्मा, दुहूँ र नौगाड गाउँपालिकाको यातायात पूर्ण प्रभावित भएको छ भने महाकाली लोकमार्गमा पर्ने तेर्छालेक क्षेत्रमा हिमपात हुँदा यातायात सञ्चालन गर्न समस्या भएको छ ।
हिकिलादेखि खलंगासम्मको सडक गाडि नै गुडाउन नसकिने अवस्था भएकाले आफू हिडेरै खलंगा पुगेको दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका स्थानीय भवानसिह धामीले बताए । महाकाली नगरपालिका वडा नम्बर २ मैखोली क्षेत्रमा सडक अबरुद्ध भएपछि नौगाडको यातायात पनि अबरुद्ध भएको छ । स्तरोन्नति हुन नसकेको सडक हिलाम्मे हुँदा जिप नै सञ्चालन गर्न नसकिने अवस्था आएको स्थानीय सागर डोबालले जानकारी दिए ।
महाकाली नगरपालिका क्षेत्रबाहेक अन्य स्थानीय तहमा सञ्चार अबरुद्ध भएको छ । स्टेसनहरुमा विद्यत् आपूर्ति हुन नसक्दा सञ्चार सेवा पनि प्रभावित भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिनुभएको छ । मंगलबारदेखि लगातर घाम नलागेका कारण सञ्चारमा समस्या आएको छ भने बैतडीको बित्थडमा समस्या आउँदा दार्चुला इन्टरनेट सेवा समेत पटक पटक अबरुद्ध हुने गरेको छ । निरन्तर वर्षा र हिमपात भएपनि अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रबक्ता एवं प्रहरी निरीक्षक हिम्मत बहादुर बोहराले बताए ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य