नोटिफाइड एरिया कायम गर्न माग गर्दै धारचुलमा प्रर्दशन, सीमा पुलमा केही समय आवत् जावतमै रोक ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
भारतीय स्थानीयहरुले नोटिफाइड एरिया माग गर्दै शुक्रबार सीमावर्ती बजार क्षेत्र धारचुलामा प्रदर्शन गरेका छन् । नेपाल–भारत जोड्ने पुल छेउमा पीथौरागढ जिल्ला स्थित धारचुला तहशीलका स्थानीयहरुले जौलजीवि माथि नोटिफाइड एरियाको कामय गरिनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।
धारचुला बचाउ अभियान अन्तरगत धारचुला तहशीलका स्थानीयहरुले धारचुला बचाउ अभियान अन्तरगत जौलजीवि माथि नोटिफाइड एरिया कायम गर्न माग गरेका छन् । यसअघि पनि भारतीय नागरिकहरुले जौलजीविमाथि नोटिफाइड एरिया कायम गर्न माग गर्दै पीथौरागढ जिल्लाको धारचुलामा प्रदर्शन गरेका छन् । प्रदर्शन कार्यक्रममा ठुलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो भने भारतको पीथौरागढ जिल्लास्थित धारचुलाका तहशीलका उप जिल्ला अधिकारीको समेत सहभागिता रहेको थियो ।
नोटिफाइड एरिमा स्थानीय प्रशासन र सुरक्षा निकायको अनुमतिविना नोटिफाइड एरियामा आवत जावत् नपाउने व्यवस्था छ । नेपाली र विदेशी नागरिकहरुलाई मात्रै नभई भारतीय नागरिकहरुलाई समेत नोटिफाइड एरियामा आवत् जावत् गर्न अनुमति चाहिने व्यवस्था छ । अखिल भारतीय युवा संगठनले नोटिफाइड एरियाको माग गर्दै यसअघि पनि धारचुला तहशिलमा प्रदर्शन गरेको थियो । 
प्रदर्शनका पश्चात् नेपाल–भारत जोड्ने सीमा पुलमा आवत् जावत् गर्न समेत रोक लगाइएको थियो । प्रदर्शनका क्रममा शुक्रबार दिउँसो केही समय पुलमा आवत् आवत्मा रोक लगाएको नेपाली सुरक्षाकर्मीहरुले बताएका छन् । दैनिक उपभोग्य सामग्रीहरु समेत किनमेलका लागि भारतीय बजार धाउने गरेका नेपाली नागरिकहरुलाई नोटिफाइड एरिया कायम गरिए स्वदेशी सामग्री प्रयोग गर्नुपर्ने देखिएको छ । जौलजीविमाथि नोटिफाइढ एरिया कामय गरिए सीमावर्ती बजार क्षेत्र धारचुला जान समेत स्थानीय प्रशासन र सुरक्षाकर्मीको अनुमति लिनुपर्ने छ ।
 

इरानमा प्रदर्शन स्वतस्फुर्त होइन, शत्रुको हात छ।।

इरानले आफ्नो देशमा भइरहेको प्रदर्शनको पछि आफ्ना शत्रुको हात रहेको आरोप लगाएको छ । इरानका सर्वोच्च नेता आतुल्लाह अली खामेनीले एक हप्तादेखि भएको सरकार

बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई साढे ३ वर्षको जेल

भारतको बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचार आरोपमा केन्द्रिय अनुसन्धान ब्युरो सिबिआईको विषेश अदालतले साढे ३ वर्षको जेल

पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आए

छिमेकि खबर ,, भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा नयाँ प्रहरी प्रमुख आएका छन् । राज्य सरकारको निर्णयअनुसार पिथौरागढ प्रहरी प्रमुखमा एसपी

सिड्नीमा ७९ वर्ष यता कै सर्वाधिक गर्मी

अस्ट्रेलियाको सिड्नी शहरमा ७९ वर्ष यताकै गर्मी महसुस गरिएको छ । सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आइतबारको तापक्रम सन् १९३९ को