दार्चुलामा पुनः हिउँदे वर्षासंगै हिमपात, महाकाली लोकमार्ग अबरुद्ध ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुला जिल्ला लगायत देशैभर पुनः हिउदे वर्षा संगै हिमपात् भएको छ । विहीबार विहानैदेखि मौसम खुलेसंगै घाम लागेको थियो भने विहीबार बेलुकी देखि पुनः मौसम बदली भई वर्षा सुरु भएको छ ।
पहिलो पटक हिउदे वर्षाका रुपमा मंगलबार र बुधबार पानी पर्नुका साथै हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात समेत भएको थियो । यस्तै विहीबार खुलेको मौसम विहीबारदेखि नै बदली भई हिउदे वर्षा र हिमपात भएको छ । दार्चुलाको उच्च हिमाली क्षेत्र र पहाडी क्षित्रमा समेत हिमपात भएको छ । हिउँदे वर्षा र हिमपातका कारण जनजीवन कष्टकर हुनुका साथै यातायात र सञ्चारमा समेत समस्या भएको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा हिमपात भएसंगै महाकाली लोकमार्ग समेत अबरुद्ध भएको छ । सुदूरपश्चिमको बैतडी, डडेल्धुरा तथा डोटीमा भएको हिमपातका कारण महाकाली लोकमार्ग अबरुद्ध भएको हो । बैतडीको धरमघर, अनारीखोली, हगुल्टे लगायतका विभिन्न पहाडी क्षेत्रमा भारी हिमपात हुदाँ महाकाली लोकमार्ग अबरुद्ध भएको छ । ३÷४ फीट हिउ परेकाले सवारी साधनहरु सञ्चालन हुन सक्ने अवस्था नहुदाँ यात्रुहरु अलपत्रमा परेका छन् ।
दार्चुलाबाट काठमाण्डौ, धनगढी, महेन्द्रनगरका लागि छुटेका र दार्चुला जिल्लाभित्रिने सवारी साधनहरु समेत सञ्चालन हुन सकेका छैनन् । मंगलबार र बुधबार परेको हिमपातका कारण ५÷६ घण्टा प्रतिक्षा गरी हिउ पग्लिएर सञ्चालन हुदै आएका महाकाली यातायात व्यवसायी समिति दार्चुलाका बुकिङ कलर्क लवराज अवस्थीले बताए । ५÷६ घण्टा बीचबाटोमा रोक्किएर सञ्चालन हुदै आएका महाकाली लोकमार्गका सवारी साधनहरु विहीबार र शुक्रबारको हिमपातका कारण झन् सञ्चालन नै हुन सकिरहेका छैनन् । महाकाली लोकमार्ग अबरुद्ध हुदाँ दार्चुला, बैतडी, बझाङबाट छुट्ने सवारी साधनहरु बीचबाटोमै रोक्किएका छन् । 
यात्रुहरु अलपत्र
लोकमार्ग हिमपातका कारण अबरुद्ध भएपछि यात्रुहरु अलपत्रमा परेका छन् । ३÷४ फीट हिउ परेकाले गाडीहरु चल्न नसक्दा बीच बाटोमै यात्रुहरु अलपत्रमा परेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारमा आयोजना गरिएको ३ दिने गोष्ठीमा सहभागि हुन गएका दार्चुलाका विभिन्न विद्यालय प्रधानाध्यापकहरु समेत बीच बाटोमै अलपत्रमा परेको गणेश विनायक मावि सिप्टीका प्रधानाध्यापक राजेन्द्र महराले जानकारी दिए ।
शनिबारदेखि धनगढीमा कक्षा आठको नमुना प्रश्न पत्रका बारेमा छलफलका लागि आयोजना गरिएको ३ दिने गोष्ठीमा सहभागि हुन दार्चुलाका प्रधानाध्यापक तथा शिक्षकहरुको टोली अनारखोलीमै रोक्किएको प्रधानाध्यापक महराले बताए । ४÷५ फीट हिमपातका कारण गाडीहरु चल्न सक्ने अवस्था नभएपछि गाडीभित्रै बस्नु परेको प्रअ महारको भनाई छ । नजिक होटेल, पसलहरु समेत नहुदाँ यात्रुहरु चाउचाउ, विस्कुट जस्ता जंक फुड खाएर छाक टार्नु परेको उहाँले बताए । हिमपातका कारण बीचबाटोमै थुप्रै गाडीहरु फसेका छन् ।
हिउँद  सिजनको पहिलो पटक भएको वर्षाका कारण हिउदे बाली सप्रिने भन्दै किसानहरु खुशी भएका छन् । यस्तै आकाशे पानीको भरमा खेती गर्ने दार्चुला जिल्लाका विभिन्न क्षेत्रका किसानहरुले बाँझो खेत समेत जोत्न थालेको मार्मा गाउँपालिकाका स्थानीय अम्मर सिँह ठगुन्नाले बताउनु भयो ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य