दार्चुलाका चार सडकखण्ड कालोपत्रे र धन्थलामा पुल निर्माण गरिने,, बहुवर्षिय ठेक्का मार्फत् काम अगाडी बढाउन मन्त्रालयको निर्देशन ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
दार्चुला जिल्लाका विभिनन चारओटा सडक खण्डको कालोपत्रे गरिने भएको छ । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सांसद गणेशसिँह ठगुन्नाको पहलमा जिल्लाका चारओटा सडक खण्ड कालोपत्रे गरिने भएको हो ।
महाकाली लोकमार्गको विकल्पमा रहेको देथला–खार–खलंगा सडक, बिटुले–पारीबगड–खण्डेश्वरी सडक र भर्ताेला–उकु–शेरा सडक खण्डमा कालोपत्रेका लागि प्रतिनिधिसभा सांसद गणेशसिँह ठगुन्नाले मन्त्रालयलाई निवेदन गरेका छन् । यस्तै दार्चुला तिंकर सडक सडक खण्ड अन्तरगत पर्ने खलंगा–सुन्सेरा सडक खण्डमा समेत कालोपत्रेका लागि सांसद ठगुन्नाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निवेदन दिएका हुन् । यस्तै महाकाली कोरिडोर अन्तरगत पर्ने धन्थला सडक खण्डमा मोटरेबल पक्की पुल समेत निर्माण गर्न सांसद ठगुन्नाले मन्त्रालयलाई आग्रह गर्नु भएको थियो ।
दार्चुलाबाट निर्वाचित सांसद ठगुन्नाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई लिखित अनुरोध गरेको सांसद ठगु्न्नका सोकिय सचिव दौलतसिँह ठगुन्नाले जानकारी दिनुभयो । माघ ८ गते सांसद ठगुन्नाले मन्त्रालयमा लिखित अनुरोध गरेपछि मन्त्रालयले सम्बन्धीत पक्षलाई कामकारबाही अगाडी बढाउन निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक भिडिजन कार्यालय बैतडी र दार्चुला तिंकर सडक आयोजना दार्चुलालाई उक्त काम गर्न निर्देशन गरेको छ ।
नेकपा सांसद गणेशसिँह ठगुन्नाको माघ ८ गतेको लिखित अनुरोध पश्चात् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका शाखा अधिकृत राजेश उप्रेतीले उक्त निर्देशन दिएका हुन् । जिल्लाका विभिन्न यी चार ओटा सडक अर्थात् देथला–खार–खलंगा सडकखण्ड, बिटुले–पारीबगड–खण्डेश्वरी सडक र भर्ताेला–जौलजीवि–सेरा सडक र खलंगा–सुन्सेरा सडकमा कालो पत्र गर्ने यी दुबै कार्यालयलाई मन्त्रालयले निर्देशन दिएको हो । 
दार्चुला तिंकर सडक खण्ड अन्तरगत खलंगा–हुतीसम्म ट्«याक खोलिएको छ, र फागुन महिनासम्म व्याँसको सुन्सेरा सडक पु¥याउने लक्ष्य दार्चुला तिंकर सडक आयोजनाले लिएको छ । यस्तै बिटुले–पारीबगड–खण्डेश्वरी सडक खण्डको सडक डिभजन पाटन बैतडीले विस्तार कार्य गरिरहेको थियो । गत वर्षदेखि नै सडक डिभिजन कार्यालय पाटन बैतडीले उक्त सडक खण्ड फराकिलो बनाउने कार्य समेत गरेको थियो । यस्तै जिल्लाको महाकाली लोकमार्ग अर्थात् गोकुलेश्वर–खलंगा सडक खण्ड भन्दा छोटो पर्ने देथला–खार–खलंगा सडक खण्ड कालोपत्रेका लागि मन्त्रालयले निर्देशन गरेको छ ।
 

नयाँ सरकार गठनको बाटो खोलिदिन एमाले सचिव ज्ञवालीको आग्रह ।।

समाचार  नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले निर्वाचनबाट ताजा जनादेश आइसकेकाले नयाँ सरकार गठनको बाटो खोलिदिन काग्रेसलाई आग्रह गर्नुभएको छ । प्रेस

हतोत्साहित नहुन मन्त्रीद्धयद्धारा कांग्रेस कार्यकर्तालाई निर्देशन ।।

राष्टीय समाचार,, अनुगमन भ्रमणका क्रममा दार्चुला आइपुग्नु भएका कृर्षि राज्य मन्त्री सरिता प्रसाई र सिचाइ राज्यमन्त्री अमरसिँह पुनले हतोत्साहित नहुन

नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।

दार्चुला समाचार  नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाको नबौ जिल्ला अबिधेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सनिबार उद्घाटन भएको

उत्तरी तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सांसद ठगुन्नाद्धारा परराष्ट्र मन्त्रालयलाई ज्ञापन ।।

नयाँ नेपाल समाचार दार्चुला । नेपाल–चीन जोड्ने उत्तरी नाका तिंकर नाका सञ्चालनका लागि प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्नाले परराष्ट्रमन्त्री