घामको भरमा दार्चुलाको सञ्चार ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
विगत चार दिनदेखि परेको हिमपातले दार्चुला जिल्लाका अधिकांश स्थानीय तहहरुमा सञ्चार सेवा अवरुद्ध भएको छ । 
विषेशगरी सोलार प्रणालीमा आधारित रहेका टावरहरुबाट प्रदान भइरहेको सञ्चार सेवा अबरुद्ध भएको हो ।  जिल्लाको ब्यास गाउँपालिकाको कैचुलामा रहेको स्काइ टावरमा सञ्चार सेवा अवरुद्ध हुदा ब्यास गाउँपालिका र दुहु गाउँपालिकाका अधिकासं बस्तीहरु सञ्चारविहीन भएका छन् । 
ब्यास क्षेत्रमा नमस्ते फोनसेवाका टावरहरु नभएकाले एउटा मात्र सञ्चार सेवा स्काइफोन अवरुद्ध हुदा ब्यास गाउँपालिका र दुहु गाउँपालिकाका बस्तीहरुमा फोन सेवा अवरुद्ध भएको छ । कैचुलामा रहेको सिडिएमए फोनसेवाको टावर स्थापना भएको बर्ष देखि ६ मिटर अग्लो टावरबाट सेवा दिइरहेको थियो गत पुस महिनामा मात्र ब्यास गाउँपालिकाले आफ्नो लगनिमा ११ मिटर अग्लो टावरबाट फोनसेवा सञ्चालन गरको थियो ।  
नौगाड गाउँपालिकाको सिप्टीमा रहेको स्काइ फोनसेवा तथा मार्मा र अपीहिमाल गाउँपालिकामा रहेका सिडिएमए फोनसेवाका टावरहरुमा सञ्चार सेवा अवरुद्ध भएको छ । जिल्लाभरीको सञ्चार घामको भरमा रहेकाले घामलागेमा हिउ पग्लेपछि मात्रै ब्यासको कैचुलाको टावर तथा सिप्टीको स्काइ फोनसेवा सुचारु हुन सक्ने नेपाल टेलिकम दार्चुलाका साहयक प्राबिधिक अधिकृत कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो । 
ब्यास गाउँपालिका तथा दुहु गाउँपालिकाका अधिकासं गाउँहरु भारतको सिमा संग जोडिएको भएकाले नेपाली सञ्चारसेवाको यस्तै हैरानीले भारतीय सिमकार्डहरु विएस एन एल तथा एर्यरटेल प्रयोग गर्ने गरेका छन् । नेपाली सञ्चार सेवा बर्षादको समयमा पनि घाम नलागे अवरुद्ध हुने तथा हिउदमा हिउ पर्दा अवरुद्ध हुने भएकाले नेपाली सिमकार्डको विकल्पमा भारतीय सिमकार्ड प्रयोग गरीरहेको ब्यास गाउँपालिका वडा नं ४ सुन्सेराका स्थानीय जयदेब भट्टले जानकारी दिनुभयो । उनले भने, नेपाली सिमकार्ड प्रयोग गर्दा इन्टरनेट पनि महंगो पर्छ नेपाली सिमकार्डको तुलनामा भारतिय सिमकार्ड प्रयोग गर्दा सस्तो पर्ने भएकाले विएस एन एल प्रयोग गरीरहेको छु, अहिले गाउँमा नेपाली स्काइ फोनसेवा अवरुद्ध हुदा इमरजेन्सी फोन गर्नेहरु भारतीय सिमकाडए प्रयोग गर्नैहरु संग आउने गरेका छन् ।
दार्चुला जिल्लाको मुख्य रिपिटर टावरका रुपमा रहेको बालशिखरमा समेत भारी हिमपात भएकाले बेला बेला सदरमुकाम खलंगाको एडिएसएल इन्टरनेट तथा नमस्ते फोन सेवा अवरुद्ध भइरहेको छ । नेपाल टेलिकमले आफ्नै विद्युतिय लाइन रिपीटर टावर सम्म पुगाउन नसक्दा दार्चुला जिल्लाभरीकै सञ्चार सेवा घामको भरमा रहेको छ  । नेपाल टेलिकम दार्चुलाले रिपीटर टावरका लागी नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुला लाइ ठेक्का मार्फत काम सञ्चालन गर्नका लागी जिम्मा दिइसकेको भएतापनि विद्युत लाइन विस्तारको कामका ढिलाइ भइरहेको नेपाल टेलिकम दार्चुलाका सुचना अधिकारी एबं साहयक प्राबिधिक प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो । यसरी जिल्ला भरीको सञ्चार सेवा आसिंक रुपमा अवरुद्ध भइरहेकाले इन्टरनेटबाट कामकाज गर्ने कार्यालय, बैकं, तथा सञ्चार माध्ययमहरुलाइ जिल्लाको बस्तुस्थितीका बारेमा रिर्पाेटिङ गर्न समेत समस्या भइरहेको छ । 
यो वर्ष हिउदमा अन्य बर्षको तुलनामा बढि हिमपात भएकाले सञ्चार क्षेत्र अवरुद्ध भएपनि कृषकहरु हिउदे बर्षा हुदा खुसी भएका छन् । हिउँदमा बर्षा भएपछि हिउदे बाली गहु र जौ तथा तरकारी सप्रिने भन्दै कृषकहरु खुशी भएको ब्याँस गाउँपालिका वडा नं ४ सुन्सेराका का स्थानीय जयदेव भट्टले बताउनु भयो । यसरी किसानहरु खुशी भएपनि हिमपात र वर्षाका कारण हिमाली र उच्च पहाडीको जनजीवन भने कष्टकर बनेको छ । यस्तै पशुचौपायाहरुलाई चरिचरनका लागि समस्या भएको छ । चरिचरन गराउने ठाउँमा हिमपात भएकाले पशुचौपायाहरु चरिचरन गराउन समेत समस्या भएको हो ।

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली