ट्राफिक प्रहरी दार्चुलाको आयोजनामा सवारी चालकहरुको स्वास्थ्य परिक्षण ।।

नयाँ नेपाल समाचार, दार्चुला । 
अस्थाइ ट्राफिक प्रहरी पोष्ट दार्चुलाको आयोजनामा आज सवारी चालकहरुको स्वास्थ परिक्षण गरीएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुसार सवारी साधनमा हुने सम्भावित दुर्घटना न्युनिकरण गर्नका लागी सवारी चालकहरुको स्वास्थ परिक्षण गरीएको अस्थाइ ट्राफिक प्रहरी पोष्ट दार्चुलाका इन्चार्ज धन सिहँ नागारीले जानकारी दिनुभयो  । जिल्ला सदरमुकाम खलंगामा चल्ने सवारी साधनहरुका २७ जना चालकहरुको आँखा परिक्षण तथा रक्तचाप परिक्षण गरीएको ट्राफीक प्रहरी जवान हरदेब खत्रीले जानकारी दिनुभयो । चेकजाच गर्दा अधिकाश सवारी साधन चालकहरुको स्वास्थ्य अवस्था राम्रो रहेको भएपनि केहि चालकहरुमा उच्च रक्तचाप देखिएको प्रहरी जवान खत्रीले बताउनुभयो । स्वास्थ परिक्षण कार्यक्रम अस्थाइ ट्राफिक प्रहरी पोष्ट दार्चुलाको आयोजनामा तथा जिल्ला अस्पत्ताल दार्चुलाको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।

 

 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली