उपप्रधान एवं रक्षा मन्त्रि ईश्वर पोखरेलद्धारा दार्चुला महोत्सवको उद्घाटन हुने ।।

नयाँ नेपाल समाचार, दार्चुला ।

दार्चुला महोत्सवको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने भएका छन् । यहि माघ २५ गते देखि सुरु हुने सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सवमा उपप्रधामन्त्री पोखरेल प्रमुख अतिथि हुने आयोजकले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा दार्चुला उद्योग वाणिज्य संघले महोत्सवको सञ्चालन गर्न लागेको हो । महाकाली नगरपालिका महोत्सवको सहआयोजक रहेको छ भने दार्चुलाका बाँकी सबै स्थानीय तह महोत्सवका साझेदार रहेका छन । दार्चुला सदरमुकाम खलंगास्थित वीरेन्द्र वन क्षेत्रमा सञ्चालन हुने महोत्सवको तयारी तिब्र भइरहेको दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाले बताउनुभयो । प्रमुख अतिथिको टुंगो लागि सकेपछि महोत्सवको प्रचार प्रसार कार्यलाई प्राथमिकता दिइएको ठगुन्नाको भनाई छ ।

उपप्रधान तथा रक्षामन्त्री पोखरेल हेलिकोप्टर मार्फत दार्चुला महोत्सवको उद्घाटन गर्न माघ २५ गते दार्चुला आउनेछन् । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं नेकपा केन्द्रीय सदस्य गणेशसिह ठगुन्नाको पहलमा प्रमुख अतिथिको भ्रमण सुनिश्तित गरिएको दार्चुला उद्योग संघ अध्यक्ष मंगलसिह ठगुन्नाले बताउनुभयो । महोत्सवको उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्नाका साथै दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्यहरुलाई समेत आमन्त्रण गरिन लागेको उद्योग वाणिज्य संघका उपाध्यक्ष इन्द्रदेव पन्तले जानकारी दिनुभयो । महोत्सवको समापनमा नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यता हुने आयोजकले बताएका छन् । महोत्सवबारे जानकारी दिन माघ दोस्रो हप्ता दार्चुला उद्योग वाणिज्य संघको टीमले राजधानी काठमाण्डौमा प्रतिनिधिसभा सदस्यद्वय गणेशसिह ठगुन्ना र दिलेन्द्रप्रसाद बडूको उपस्थितिमा पत्रकार सम्मेलन समेत गरेको थियो ।

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य