६० लाखमा शुन्य प्रगति भएको सडक निर्माणमा २५ लाख बजेट ।।

नया नेपाल समाचार, दार्चुला ।
तीन वर्षदेखि अबरुद्ध हिकिला–सिद्धटोपी सडकखण्डको काम सुचारु भएको छ । दुहूँ गाउँपालिकामा रहेको हिकिला–सिद्धटोपी सडक खण्डको निर्माण कार्य आजदेखि सुचारु भएको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनु भयो ।
विभिन्न ठाउँमा जग्गा विवादका कारण अबरुद्ध रहेको हिकिला–सिद्धटोपी पर्यटकीय सडक मार्ग गाउँपालिकाले विवाद समाधान गर्दै आजै देखि काम सञ्चालन गर्न थालिएको अध्यक्ष कार्कीले बताउनु भयो । विगत ३ वर्षदेखि अर्थात् २०७३ सालदेखि जग्गा विवादका कारण काम प्रभावित भएको उक्त सडक खण्डको निर्माण कार्यको जिम्मेवारी समेत गाउँपालिकाले लिएको छ भने निर्माण कार्य समेत सुचारु गरेको छ ।
सुरुमा साविकको जिल्ला विकास समिति कार्यालय दार्चुलाद्धारा निर्माण गर्न थालिएको सडक निर्माणमा जग्गा विवाद आएपछि अबरुद्ध भएको थियो । देश संघीयतामा गएपछि अहिले दुहूँ गाउँपालिकाले सडक निर्माणको जिम्मेवारी लिएको छ । गाउँपालिकाले शुन्य विन्दु हिकिलाको गौकुलदेखि काम थालनी गरिएको गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताउनु भयो । हिकिलाको गौकुल र दलित बस्तीका स्थानीयहरुले समझदारी देखाएपछि जग्गा विवाद साधान भएपछि सडक निर्माणको बाटो खुलेको अध्यक्ष कार्कीले बताउनु भयो ।
पर्यटकीय सडक मार्ग समेत रहेको हिकिला–सिद्धटोपी सडक निर्माणका लागि गाउँपालिकाले अहिले २५ लाख बजेट विनियोजन गरेको छ । सडकमा जग्गा विवाद रहेकाले गाउँपालिकाले सुरुमा बजेट रकमान्तर हुनेसक्ने भन्दै २५ लाख बजेट मात्रै विनियोजन गरिएको अध्यक्ष कार्कीले बताउनु भयो । “सडक निर्माणमा जग्गा विवाद रहेकाले बजेट रकमान्तर गर्नुपर्ने अवस्था आउने पो हो कि भनेर थोरै बजेट विनियोजन गरेका हौँ, कार्य प्रगतिका आधारमा बजेट थप गर्न पनि सकिन्छ” गाउँपालिका अध्यक्ष कार्कीले भन्नु भयो । दुहूँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीका अनुसार सडक निर्माणमा भएको कार्य प्रगतिका आधारमा अझै बजेट थप गरिने छ । 
गाउँपालिकाबाट विनियोजित २५ लाख बजेटले अहिले ३ किलोमिटर सडक निर्माण गरिने अध्यक्ष कार्कीको भनाई छ । हिकिलादेखि सिद्धटोपी सम्म १२ किलोमिटर लम्बाई रहेको उक्त सडकको ७.५ किलोमिटरसम्म डिपीआर समेत गरिसकेको उहाँले बताउनु भयो । थाइसैन भन्दा अगाडी वन क्षेत्र रहेकाले वन डिभिजन कार्यालयसंग समेत यसबारेमा छलफल गर्नुपर्ने भएकाले अहिले साडे ७ किलोमिटर मात्रै सडकको डिपीआर गरिएको अध्यक्ष कार्कीले बताउनु भयो ।
ब्रह्मदह, पासा दह जस्ता पर्यटकीय धार्मिक स्थलहरु समेत रहेको सिद्धटोपीसम्म सडक पु¥याउने योजना गाउँपालिकाले लिएको छ । सिद्धटोपी, ब्रह्मदह तथा पासा दह जस्ता पर्यटकीय क्षेत्र रहेको त्यस क्षेत्रसम्म सडक पु¥याउन सके पर्यटकहरु समेत भित्रिने भएकाले उक्त सडक समृद्धिको आधार समेत बन्न सक्ने अनुमान गरिएको छ । सिद्धटोपी, ब्रह्मदह, पासादहको सजिलै भ्रमण र अबलोकन गर्न सकिने भए आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने सकिने देखिएको छ ।
जिविसको ६० लाखको प्रगति शुन्य
साविकको जिल्ला विकास समिति दार्चुलाद्धारा निर्माण कार्य थालिएको उक्त सडक खण्डमा लाखौ बजेट खर्चिएरपनि प्रगति भने शुन्य देखिएको छ । सन् २०१६ देखि निर्माण कार्य थालेको जिल्ला विकास समितिले ६० लाख खर्च गर्दा समेत प्रगति केही नदेखिएको दुहूँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनु भयो ।
सन् २०१६ मा उक्त सडकको डिपीआर गरी निर्माण कार्य थालिएको भएपनि दुहूँ गाउँपालिकाको गौकुल र दलित बस्तीमा जग्गा विवादका कारण सडक निर्माण कार्य प्रभावित भएको अध्यक्ष कार्कीले बताउनु भयो । विभिन्न स्थानमा जग्गा विवाद रहेकाले जिल्ला विकास समितिले विवाद रहेको स्थानमा छोडेर अन्य स्थानमा काम गरेजस्तै गरेर फरफारक गरेकाले प्रगति शुन्य देखिएको अध्यक्ष कार्कीले बताउनु भयो । सन् २०१६ देखि गाउँपालिकाले सडक निर्माण गर्ने जिम्मेवारी लिने बेलासम्म जिविसले झण्डै ६० लाख बजेट खर्च गरेरपनि कुनै प्रगति नदेखिएको अध्यक्ष कार्कीको तर्क छ । प्रगति शून्य देखिएकाले गाउँपालिकाले शुन्यविन्दु गउकुलदेखि सडक निर्माण कार्य थालेर झण्डै ५ सय मिटर सडक निर्माण गरेको अध्यक्ष कार्कीले बताउनु भयो । 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली