क्रिकेटमा ऐतिहासिक जित हासिल गरेको नेपाली क्रिकेट टोली आज स्वदेश फर्कदै ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीआज स्वदेश फर्कदै छ । नेपाली राष्ट्रिय टोलीका टिम व्यवस्थापक रमन शिवाकोटीका अनुसार ऐतिहासिक सिरिज विजेता नेपाली टोली आज अपरान्ह नेपाल आईपुग्ने कार्यक्रम रहेको छ । नेपाली टोली फ्लाई दुबई विमानबाट अपरान्ह ३ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ ।घरेलु टोली युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र टी–ट्वान्टी सिरिज समान २–१ ले जितेको थियो । दुवै सिरिजको सुरुवाती खेल गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई सिरिज जित्दै पहिलो पटक ऐतिहासिक बनाएको छ ।आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले युएईविरुद्ध दोस्रो एकदिवसीय सिरिज खेलेको हो । 
 

राष्ट्रिय महिला फुटबल लिग स् सावित्राले फेरि ठोकिन् ८ गोल

खेल समाचार  १६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत बुधबार भएका खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएका छन् ।

एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम आठमा 

शसस्त्र प्रहरीको एपिएफ क्लब खप्तड गोल्डकप फुटबलको अन्तिम ८ मा पुगेको छ । कैलालीको धनगढीमा भएको खेलमा पेनाल्टीमा एपिएफ क्लब पोखरालाई ५–४ गोलले

१४ महिनापछि सुदूरपश्चिमबाट उदायो थ्रीस्टार, खप्तड गोल्डकपको क्वार्टरफाइनलमा 

राष्टीय समाचार १४ महिनापछि पहिलोपल्ट फुटबल खेलेको ललितपुरे क्लव थ्रीस्टार पहिलो खेलमै विजयी भएको छ । कैलालीको धनगढीमा चलिरहेको खप्तड गोल्डकपमा

खप्तड गोल्डकपमा रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश

धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा मंगलबारको खेलमा विजयी हुँदै रुपन्देही ११ क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्री क्वाटरफाइनलमा भुटानको