कांग्रेसद्धारा सरकार विरुद्ध देशभर प्रदर्शन,, प्रदर्शनमा आधा दर्जन जनप्रतिनिधिहरुको सहभागिता ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
नेपाली कांग्रेसले नेपाल सरकारको विरुद्धमा दार्चुला लगायत देशभर प्रदर्शन गरेको छ । नेपाली कांग्रेस केन्द्रिय समितिको निर्णय अनुसार आज देशभरका ७७ ओटै जिल्लामा सरकार विरुद्ध प्रदर्शन कार्यक्रम गरिएको हो ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति दार्चुलाको आयोजनामा पनि जिल्ला सदरमुकाम खलंगामा सरकारको विरुद्धमा प्रदर्शन कार्यक्रम गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव हरकसिँह विष्टले जानकारी दिनुभयो । सरकारले गरेका जनविरोधी कार्यहरुको विरुद्धमा नेपाली कांग्रेसले ¥याली, नाराजुलुस तथा आमसभाको आयोजना गरेको कांग्रेस सचिव विष्टले जानकारी दिनुभयो । यस्तै सरकारले आफूहरुको विरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको र पार्टीका पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको दुई ओटा अस्पताल खारेज गर्ने प्रयास गरेको भन्दै काँग्रेसले त्यसविरुद्ध ७७ वटै जिल्लामा प्रर्दशन गर्ने निर्णय गरेको थियो । काँग्रेसले निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, प्रमुख प्रतिपक्ष दलको नेताको अनुस्थितिमै संवैधानिक परिषदको बैठक बोलाएर निर्णय गरेको लगायतका विषयप्रति पनि आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गर्दै आएको छ । सरकारले गरेका नालायक काम र जनविरोधी कामको विरुद्धमा र सरकारले सचेत गराउन भन्दै विरोध प्रदर्शन गरिएको कांग्रेस सचिव विष्टको भनाई छ ।
दिउँसो जिल्ला सदरमुकाम खलंगास्थिगत कांग्रेस पार्टी कार्यालयबाट विरोध ¥याली निकाली बसपार्क तथा बंगाबगड हुदै बजार क्षेत्रमा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा नेपाली कांग्रेस दार्चुलाले झण्डै अढाई दर्जन सरकार विरोधी नाराहरु तयार पारेको थियो । “वाइडबडी घोटला छानबीन गर, असंवैधानिक नियुक्त खारेज गर”, “३३ किलो सुन कहाँ छ, ओली प्रचण्डको साँटगाठ जस्तो छ” जस्ता अढाई दर्जन बढी नारा जुलुस गर्दे प्रदर्शन गरेको छ । यस्तै कांग्रेस दार्चुलाले“भ्रष्टचारी सरकार मुर्दाबाद, ओली सरकार मुर्दाबाद” जस्ता सरकार विरोधी नाराहरु लगाउदै प्रदर्शन गरेको छ । 
नेपाली कांग्रेस दार्चुलाका जिल्ला सभापति ललितसिँह बोहरा, जिल्ला सचिव हरकसिँह विष्ट, पूर्व सभापतिहरु तथा नेपाली कांग्रेस भातृ संघ–संगठनको सहभागिता रहेको थियो थियो । कांग्रेसको सरकार विरुद्ध प्रदर्शन कार्यक्रममा दार्चुलाका विभिन्न स्थानीय तहका प्रमुख तथा तथा आधा दर्जन जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिँह धामी, महाकाली नगरपालिकाका नगर उप–प्रमुख सुना बोहरा, मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिँह धामी, व्याँस गाउँपालिकाका उपाध्यक्ष हेमा भट्ट लगायत स्थानीय सरकार प्रमुख–उपप्रमुखहरुको सहभागिता रहेको थियो । यस्तै महाकाली नगरपालिकाका नगर प्रबक्ता पुस्करराज जोशी, वडा नम्बर ३ का वडाध्यक्ष पदमसिँह महर, वडा नम्बर २ का वडाध्यक्ष गौरसिँह शाहु लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । यस्तै महाकाली नगरकार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य