शैल्यशिखर नगरप्रमुखले गरे प्रहरीलाई टिभि हस्तान्तरण ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
शैल्यशिखर नगरपालिका प्रमुख अमरसिह धामीले एक कार्यक्रमका  विच जिल्ला प्रहरी कार्यालय दार्चुलालाई टिभि हस्तान्तरण गरेका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम लाई प्रभावकारी बनाउन र लैगिंक हिंसा न्युनिकरण गर्न विभिन्न चेतनामुलक सन्देश प्रशारण गर्ने उद्येश्यले टिभि हस्तान्तरण गरिएको नगर प्रमुख अमरसिह धामीले जानकारी दिनुभएको छ ।
समाज हुने विभन्न हिंसा हरु न्युनीकरण गर्ने कार्य प्रहरीको मात्र नभई सम्पुर्ण नागरिकको जिम्मेवारी भएकोले प्रहरीलाई सधै सहयोग गर्नुपर्ने नगर प्रमुख धामीको भनाई रहेको  छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई नगरपालिकाबाट हुने सम्पुर्ण सहयोग गर्न आफु तयार रहेको उनको धारणा रहेको छ । शैल्यशिखर नगरपालिका परिवारले शान्ती सुरक्षामा टेवा पुग्ने उद्येश्यले टिभि हस्तान्तरण गर्नुभएकोमा प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले नगरप्रमुखलाई धन्यवाद ज्ञापन गरेका छन् । 
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले भने शैल्यशिखर नगरपालिकाले हस्तान्तरण गरेको टिभि सार्वजनिक स्थल वा सवैले देख्ने गरि राखिने बताउनु भएको छ । टिभिबाट समुदाय प्रहरी साझेदारी कार्यक्रमका विभिन्न जिंगल हरु र जनचेतना मुलक सन्देश प्रशारण गरिने प्रहरी नायब उपरिक्षक अधिकारीले बताउनु भयो ।  
नगर प्रमुख धामीले ४९ इन्चको स्मार्ट टिभि हस्तान्तरण गरेको हो । उक्त टिभिको लागत ७५ हजार रहेको बताउनु भयो । टिभि हस्तारन्तण कार्यक्रममा शैल्यशिखर नगरपालिका वडानम्बर ५का वडाअध्यक्ष मदनसिह रावल र वडा नम्बर ६ का वडाअध्यक्ष गोपालसिह धामी र नगरकार्यपालिका सदस्य द्रोपती डागाको समेत उपस्थिति रहेको थियो । 
 

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

तटबन्ध निर्माणको कार्य सन्तोषजनक ः सिँचाई राज्यमन्त्री पुन

दार्चुला समाचार सिचाई राज्यमन्त्री अमरसिह पुनले महाकाली नदी नियन्त्रणअन्तर्गत दार्चुला सदरमुकाम खलंगामा निर्माण भइरहेको तटबन्धको कार्य