महाकालीका सात सडक निर्माणका लागि अडाई करोड बजेट ।।

नयाँ नेपाल समाचार, दार्चुला ।
महाकाली नगरपालिकाका विभिनन सातओटा सडक खण्ड निर्माणका लागि अढाई करोड बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा महाकाली नगरपालिकाले ७ ओटा सडक निर्माणका लागि २ करोड ६० लाख रुपैयाँ बिनियोजन गरेको छ ।
महाकाली नगरपालिकाले सडक सञ्जाल पहुँच बाहिर रहेका नागरिकहरुलाई यातायात सेवा पु¥याउने उद्देश्यले चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा अढाई करोड बजेट सडक निर्माणका लागि विनियोजन गरेको छ । महाकाली नगरकार्यपालिकाको आज बसेको बैठकले नगरपालिका भित्रका विभिन्न ७ ओटा सडक निर्माणका लागि उक्त बजेट विनियोजन गरेको नगरपालिकाका नगरप्रबक्ता पुस्करराज जोशीले जानकारी दिनुभयो ।
नगरकार्यपालिकाको बैठकले छापरी सडकमा ५० लाख, निसिल–पौनेखोला सडकमा ५० लाख, थाप्ला सडकमा ४० लाख, डड्या–दोपखे सडकमा ४० लाख बजेट विनियोजन गरेको नगरप्रबक्ता जोशीले बताउनु भएको छ । साथै धौलीगाड सडकमा २० लाख, काँटै बाँज सडकमा ३० लाख र मुल्ला–मैखोली सडकमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको नगर प्रबक्ता जोशीले जानकारी दिनु भयो ।
यस्तै जिल्ला अस्पताल दार्चुलाको ५० सैयाको निर्माण गर्न सुदुरपश्चिम प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । जिल्ला अस्पताल दार्चुलाको अवस्थाका बारेमा विभिन्न टिका टिप्पणी हुने गरेका बेला महाकाली नगरपालिकाले ५० सैया निर्माणका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । 
महाकाली नगरपालिकाले गल्फै क्षेत्रको जग्गाको मुल्यमा देखिएको विविधतालाई हटाई एउटै मुल्य कायम गर्न सम्बन्धित पक्षलाई सिफारिस गर्ने तथा महाकाली नगरपालीका क्षेत्रको सार्वजनिक जग्गामा बनेका भौतिक संरचनाहरुको तथ्यांक संकलन गर्ने निणर्य गरेको छ । महाकाली नगरपालिकाका विभिन्न स्थानमा रहेको सार्वजनिक जग्गामा भौतिक निर्माण गरिएका छन् । उक्त भौतिक संरचनाहरुको तथ्यांक संकलन गर्ने निर्णय गरेको नगरप्रबक्ता जोशीले जानकारी दिनुभयो । महाकाली नगरकार्यपालिकाको बैठकले विभिन्न तीनओटा कार्यविधिहरु समेत पारित गरेको छ । नगरकार्यपालिकाको बैठकले आधारभुत तह कक्षा ८ को अन्तिम परीक्षा सञ्चालन व्यवस्थापन तथा नियमन कार्य विधि २०७५, नगर शिक्षा विकास कोष सञ्चालन कार्यविधि २०७५ र व्यवसाय दर्ता तथा नविकरण सम्बन्धि कार्य विधि २०७५ पारित गरिएको छ ।
नगरकार्यपालिकाको बैठकले जग्गा उपयोगिता विश्लेषण प्राविधिक समिति नगर प्रमुुखको संयोजगत्वमा वन, नापी, मालपोत, नगरपालीका कृर्षि शाखा प्रमुख सदस्य र नगरपालिकाकै भवन तथा बस्ती विकास शाखा प्रमुख सदस्य सचिव रहने गरि समिति गठन गरिएको छ । नगरकार्यपालिका बैठकले महाकाली नगरपालीका वडानम्बर ६ का क्यान्सर पिडित हरिस बहादुर पाल र महाकाली नगरपालिका ५ बस्ने दुवै मृगौला पिडिल निल राज अवस्थी लाई जनही २५ हजारका दरले उपचार खर्च दिने निणर्य गरेको महाकाली नगरपालीकाका प्रबक्ता पुस्करराज जोशीले जानकारी दिनु भयो । महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्टको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले विभिन्न निर्णय गर्नुका साथै तीन ओटा कार्यविधिहरु पारित गरेको हो ।
 

भुकम्पीय जोखिम न्युनीकरण गर्न कमद चाल्नु पर्छः विभागीय अधिकृत

दार्चुला समाचार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय विपद् व्यवस्थापन शाखाका वरिष्ठ अधिकृत डिपिडिआरआरका कार्यक्रम संयोजक भोजराज धिमिरेले

त्रिदेशीय सिमानामा पैतिस वर्षदेखि परम्परागत व्यापार भारत मालामाल, नेपाल सुन्य

दार्चुला समाचार  नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा ३५ वर्षदेखि परम्परागत व्यापार चल्दैआएको छ । भारत र चीनबीच चल्दैआएको यस्तो व्यापार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुलाबाट २ सय २३ उजुरी दर्ता

दार्चुला समाचार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दार्चुला जिल्लाबाट २ सय २३ मुद्धा तथा उजुरीहरु परेका छन् । आयोगको स्थापना कालदेखी २०७४ साल मंसीर

महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण

दार्चुला समाचार ,, चार वर्षअघिको महाकाली वाढीबाट क्षतिग्रस्त महाकाली नदी किनारमा निर्माणाधिक तटबन्धको अनुगमन भ्रमण गर्ने राज्यमन्त्रीहरुको टोली