महिलाहिसां मुक्त आखीर कहिले त ?

सुसिला ठगुन्ना ,
महाकाली नगरपालीका ४ खलंगा  ..  
नेपाल सरकारले पनि प्रयास नगरेकै हो त भन्दैनौ नेपाल सरकारले पनि प्रत्येक बर्ष नोबेम्बर २५ तारीख देखी १० डिसेम्बर सम्म त महिला हिंसा बिरुद्ध अभियान नी चलाएकै चलीनै रहेको छ । हामी महिलाको लागी एकदमै खुसीको कुरा हो है । तर पनि किन यो हिंसा भन्ने ले महिलालाई यति माया गरेका कहिले नछोड्ने । यो महिला  हिसां गर्नु हुदैन सबै महिला दिदि बहिनी आफरनै आमा सरह मान्नु पर्छ ! महिला हिंसा अन्त्य गर भनेर नारा बाजी किन गर्छन । मलाईत लाग्छ यो महिला बिरुद्ध हुने हिसा अन्त्य हैन महिलाको नाम  बेचिराछन  किन ठुलठुलो सभामा महिला र पुरुष बराबर हुन भनेर पुरुष प्रदानहरुले झुटो भाषण ठोक्छन । उसो त महिला हिंसामानै छन । तर किन सबैको मुखमा महिलाको नाम सस्तो भएको होला नी ? सायद महिलाले जति दुख ,कष्ट, घर्ति भएर जुन सुकै पिडा पनि सहन तयार छ, सहेको पनि छ । पुरुष नाम बाट नामाकरण गरीएका हामा्र पुरुष प्रदान देशका पुरुष भनौदा ठुलठुलो पोष्टमा काम गरीरहेका छन । महिला हिसां बिरुद्धको कार्यक्रम पनि गरी रहेका छन । भर्खर मात्रै महिला हिसा नगरौ , महिला हिंसा अन्त्य गर भनेर घाटी सुकुन्जेल सडकमा नारा  लगाएर घरमा पुग्छ । भन्छ श्रीमतिलाई  खाना खोई तर बिचरी महिला भएकै कारण त्यो धर्तिमाता श्रीमति बिहानै बाट भ्यई नभ्याई काम त गरेकै हो केटाकेटीहरुलाई नास्ता बनाए स्कुल पठाए अनी समयले यतिनै भ्याइयो भन्दा खेरी ति पुरुष भनौदा महान व्याक्ति ओछ्यानमा पुगेको खाना खाएर थालमा हात च्ढ्नेले भन्छ तैले अहिले सम्म जाबो खाना बनाई सकिनस ? साला तेरो कामै छ्रैन अर्की श्रीमति ल्याउछु  भन्छ । नाना भरी गाली गर्छ ,कुट्छ ।यो कुनै काल्पनिक होईन । सत्य ,तथ्य ,भोगेको , देखेको यो नै सत्य हो । आखिर त्यसले भर्खरै मात्रै रोडमा  महिला माथी हिंसा नगर भनेर नारा लगाएर आको होईन र ? के यो हिंसा होइन ? किन त्यसले बुझेन  म मेरी श्रीमति माथी हिंसा गरीराछु भनेर । सायद हामो्र समाजमा परम्परा देखीनै चलीआएको बुबुबाजेको रितिरिवाज परम्परालाई जोगाएर राखेको पो हो कि । नजोगाउन नी कसरी आखीर आजभोली त सबै शिक्षित भैसकेनी । त्यसैले हामा्र पुरुष हरुले जोगाई राखेको यो हामी महिला माथी हुने हिंसाको अन्य गर्न सबैले आ आफ्नो व्यावहारबाटनै लागु गरी अगाडि बढ्नु जरुरी छ । हामा्रे दुर्गम गाउँ ठाउँ समाज बाट यो हिंसा भन्ने शब्दको पुन नामाकरण गर्नु पर्ने छ । हुन त महिला को वकालतमा काम गर्ने सरकारी गैरसरकारी संस्थाहरु छन । तर पनि किन जाबो हिंसा भन्ने शब्दको न्युनीकरण गर्न सकेन त ? यो हिंसा भन्नेको हामीले नै त जन्म दिएको हो नी । कुनै प्रकृतिक प्रकोप त होईन नी कसैले यसलाई न्युनीकरण गर्न नै सक्दैन भन्ने  । हिसाको जन्म हामा्रे समाजले नै त दिएको हो यसको न्युनीकरण गर्नु पनि त हाम्रौ जिम्मेवारी होईन र  । किन महिला हिंसाका घटनाहरु यति धेरै सुनीन्छन ।  मान्छौ हामी महिलामात्रै हिसा पिडित छन भन्दैनौ न्युनतम मात्रामा पुरुष पनी पिडित होलान ।  तर महिला जतित होईनन नी । के सुन्नु भएको  छ  महिलाले पुरुषलाई बलत्कार गर्यो भनेर ? होईन नी आखिर किन र कहिले सम्म हो महिला ले मौन बस्ने ? मलाई त लाग्छ श्रीमतिलाई त भन्ने शब्द बाटै हिसा छ । किनकी  श्रीमतिलाई आल्नो त फाल्नो भन्न मिल्छ र पो पुरुषले जे पनी भन्न सजिलो मान्छ । तर महिलाले भने हजुर तपाई भन्नु पर्ने तपाई भन्ने शब्दले नै त शब्दलाई होच्याउँछ । तपाई शब्दले त लाई कहिले स्थान दिन सक्दैन त्यसैगरी पुरुष भनौदा शब्दले महिलालाई  स्थान दिन सक्दैन । त्यसैले महिला पुरुष समान बनाउँनु छ भने त र तपाई बाट नै सुरु गर्दा कस्तो होला नी ? आखिर महिला हिंसा नगरौ अन्त्य गरौ भन्ने जस्ता नारा लगाएर प्लेट हातमा बोकेर , महिला हिंसा बिरुद्ध को १६ दिने अभियान चलाएर मात्रै त होईननी । साच्चीकै महिला हिसा बाट मुक्त नै होउन भन्ने लाग्छ भने सबै भन्दा ठुलो हात पुरुषको नै छ । पुरुषले नै हामी महिलाई  हात र साथ दिनु  जरुरी छ । कति सुन्नु पर्छ हामीले आज एक महिलाको कुटपिटकाट ज्यान गयो , भोली सामुहिक बलात्कार भयो । छि सुन्न नी  गारा्रे हुन्छ  ।  कति खेर त लाग्छ महिला हुनुमा धिक्कार छ । तर अह ! हामी महिलाले हार खाएर हुदैन आखिर यो पापी धर्तीमा जन्म लिईसके पछि संघर्ष गर्नु जरुरी छ । आफ्नो हक अधिकार सुनीश्चित गर्नकोलागी सबै महिला दिदि बहिनीले हातेमालो गर्नु जरुी छ । हामी सबै महिलाको सुवेक्षा छिट्टै महिला हिंसा सम्बन्धि नारा बाजी गर्न नपरोस ।  
 

सुदुरपश्चिमको पर्यटनमा पूर्णागिरि र सिद्धबाबा 

मैले शुक्लाफाँटा वन्यजन्तु आरक्षछेउमा जंगल रिसोर्ट शुरु गर्दा एक करोड लगानी गरेको थिएँ । चार वर्षमा बढाएर डेढ करोड पुर्‍याएको छु । शुरुवाति दिनमा

नेपाल पत्रकार महासंघ दार्चुला र अकोराव नेपालको संयुक्तअन्तत्र्रिmया कार्यक्रम सम्पन्न

दार्चुला समाचार ,, नेपाल पत्रकार महासंघ दार्चुला र अकोराव नेपालको संयुक्त आयोजनामा मालिकार्जुन गाउँपालिकामा स्थानीय सरकारमा मिडियाको भूमिका विषयक

चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन् ,,दार्चुलाबासीलाई हर्ष न विस्मात् ।।

दार्चुला समचार ,, ११ वर्ष वर्ष पश्चात् निर्माण सम्पन्न भई चमेलिया जलविद्युत् आयोजनाको शनिबार उद्घाटन गरिएको छ । तर चमेलियाको बिजुली दार्चुलाबासीले

एउटै योजनाको सुरुवात गर्ने र उद्घाटन गर्ने पहिलो व्यक्ति मै हुँ ः देउवा ।।

दार्चुला समाचार ,, प्रधानमन्त्री शेरवहादुर देउवाले चमेलिया जलविद्युत आयोजनाको सुरु आफुले गरेको बताउदै आफुले नै आयोजनाको उदघाटन गर्ने अवसर पाएको