खलंगा बजारमा तरकारी र खाद्यान्नको मूल्य घट्यो, ग्याँसमा २५ रुपैँयाले मूल्य बृद्धि।।

दार्चुला समाचार ,,
पछिल्लो सयम दार्चुला बजारमा तरकारी र खाद्यान्नको मूल्य घटेको छ भने ग्याँसको मूल्य २५ रुपैँयाले बढेको छ । दार्चुला बजारको मूल्य शंकलकहरुका अनुसार गत साता भन्दा यसपटक खाद्य पदार्थ दाल, तरकारी, खानेतेको मूल्य १० देखि २० रुपँैयाले घटेको छ । 
नेपाल राष्ट्रबैंकका बजार मूल्य संकलकहरुले प्रत्येक साताको शनिबार दार्चुला बजारको मूल्य संकलन गर्ने गरेका छन् । पौस १ गते संकलन गरिएको बजार मूल्य अनुसार आलु, प्याज, टमाटर, काउली लगायतको तरकारीको मूल्य १० देखि २० रुपँैयाले घटेको छ । त्यसैगरी मास, मल्का, अरहर लगायतका दाल तथा खाने तेलको मूल्य पनि घटेको छ । चामलको मूल्य भने यथावत रहेको छ । प्याज र टमाटर प्रतिकिलो १ सय २० रुपँैया बाट घटेर १ सय १० रुपँैयामा कारोबार भईरहेको छ । त्यसैगरी दाल प्रतिकिलो १ सय ८० बाट घटेर १ सय ६० मा कारोबार भईरहेको छ । त्यसैगरी चामल र मासुको मूल्य यथावत रहेको छ । 
दार्चुलामा ग्याँसको मूल्य २५ रुर्पैँया बढेको छ । १६ सय ५० मा पाइने एक सिलिण्डर ग्याँसमा २५ रुपैँया बढेर १६ सय ७५ मा कारोबार भइरहेको छ । 
दार्चुला बजार भारतीय बजार धारचुलामा निर्भर रहेकाले पनि बजार मूल्यमा बेलाबेला उतार चढाव भइरहने मूल्य शंकलक केशव जोशीले बताउनु भयो । त्यस्तै नेपाली बस्तु भन्दा पनि नेपालमा आयात गरिको बस्तुको मूल्यमा उतार चढाव भईरहन्छ । यसका कारण दार्चुला सदरमुकामको खलंगा बजारमा मूल्य पनि फरक फरक रहेको छ ।  

स्थानीय सरकारमा पनि विस्थार हुन सबै सहकारीहरुलाई नगर प्रमुख भट्टको अग्रह ।।

दार्चुला समाचार,, दार्चुला जिल्लामा रहेका सबै सहकारीहरुलाई स्थानीय तहमा गई सबैजनतालाई सेवादिने खालको काम गर्न सबै सहकारीहरुलाई महाकाली नगरपालीकाका

अल्लो प्रसोधन मेसिन र भवन हस्तान्तरण, , अल्लो उत्पादन बजारीकरणमा जोड। ।

दार्चुला समाचार ,  नौगाड गाँउपालिकाको वडा नम्बर २ गोधानीमा लघु उद्यमीहरुलाई अल्लो प्रसोधन मेसिन र भवनहरु आज हस्तान्तरण गरिएका छन् । उद्योग