मुख्य निर्वाचन अधिकृतको कार्यालयको खर्च सवा तीन करोड

दार्चुला समाचार
मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुलाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सवा तीन करोडभन्दा बढी सरकारी बजेट खर्च गरेको छ । निर्वाचन सम्पन्न भएको झण्डै दुई महिनापछि कार्यालयले सञ्चारमाध्यमलाई खर्च विवरण दिएको छ ।
तीन साताअघि जिल्लाका केही सञ्चारमाध्यमले चुनावमा भएको खर्चको विवरण सार्वजनिक नभएको भन्दै समाचार सार्वजनिक गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले उपलब्ध गराएको विवरणअनुसार चुनावमा ३ करोड २९ लाख २० हजार २ सय २७ रुपैयाँ १४ पैसा खर्च भएको छ ।
तीन हप्ताअघि नै कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले खर्चको कुल अंक उपलब्ध गराएको थियो । तर शीर्षकअनुसार खर्चको विवरण उपलब्ध हुन सकेको थिएन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनुसुची ४ उपलब्ध गराउदै शीर्षकअनुसार खर्चको विवरण मिडियालाई उपलब्ध गराएको छ ।  मतदान केन्द्रमा खटिने कर्मचारीको सुविधामा सबैभन्दा बढी अर्थात २ करोड ३३ लाख २३ हजार ५ सय रुपैयाँ खर्च भएको छ । निर्वाचन भत्तामा २६ लाख ७१ हजार ९ सय ९७ रुपैयाँ १४ पैसा खर्च भएको विवरण छ भने स्वयंसेवकको खर्च १४ लाख ४ हजार २ सय रुपैयाँ छ । मतदानको दिन प्रत्येक मतदान केन्द्रमा व्यवस्थापनका लागि स्वयंसेवकहरु परिचालन गरिएका थिए । निर्वाचन सामग्री ढुवानी खर्च १३ लाख २६ हजार ८ सय रुपैयाँ, भ्रमण खर्च ५ लाख ५४ हजार ५ सय ३० रुपैयाँ र विविध खर्च शीर्षकमा ५ लाख ६५ हजार ६ सय रुपैयाँ खर्च गरिएको छ ।
मतदान केन्द्र निर्माण खर्च ६ लाख ४५ हजार, वत्ती तथा अन्य विविध खर्च १ लाख ९३ हजार ५ सय र कार्यालय सम्बन्धि खर्च १ लाख ६० हजार रुपैयाँ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पानी तथा विजुलीमा २० हजार, सञ्चार खर्च २१ हजार, घरभाडामा ६० हजार, मर्मत तथा सम्भारमा ५० हजार, इन्धन र अन्य इन्धनमा ४० हजार तथा मतदान स्थल निरीक्षण खर्च भनेर २० हजार रुपैयाँ खर्च भएको विवरण छ । मतदानको दिन घुम्ति टोलीको खर्च २५ हजार ४ सय खर्च भएको छ भने जिल्ला निर्वाचन व्यवस्थापन समितिको खर्च २ लाख २२ हजार रुपैयाँ भएको अनुसुची ४ को विवरणमा उल्लेख छ ।
दार्चुला जिल्लाको समग्र निर्वाचन व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ३ करोड ५८ लाख ६२ हजार ३ सय रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमध्ये २९ लाख ४२ हजार ७२ रुपैयाँ ९० पैसाँ खर्च नभएर फिर्ता गरिएको छ । शीर्षकअनुसार सबैभन्दा कम बजेट कार्यक्रम खर्च भनेर २ हजार ५ सय रुपैयाँ खर्च भएको छ ।
 

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन