जिल्लामा पाँच स्काभेटर भित्रिदै सञ्चारकर्मीहरु सन्तुष्ट छैनन् निर्णयप्रति 

दार्चुला समाचार ,,
यही आर्थिक वर्षमा जिल्लामा ५ स्काभेटर भित्रिने भएका छन् । सडक निर्माण गर्नेभन्दै जिल्लाका ५ स्थानीय तहहरुले स्काभेटर खरिद प्रक्रिया समेत अगाडि बढाएका छन् ।
जिल्लाका नौगाढ, मालिकार्जुन, दुहँु र लेकम गाउँपालिकाले स्काभेटर खरिद गर्ने निर्णय गर्दै गाउँ परिषद्बाट रकमसमेत विनियोजन गरेका छन् भने शैल्यशिखर नगरपालिकाले पनि स्काभेटर खदिर गर्ने निर्णय गरेको छ । सडकले कुनै पनि क्षेत्र छुन नसेको लेकम गाउँपालिकाका साथै महाकाली लोकमार्गमा पर्ने शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले मेसिन खरिद गर्नेछन् भने नौगाढ र दुहँुले पनि खरिद गर्नेछन् । नौगाढ र दुहुँको मुकामसम्म सडकको पहुँच रहेको छ ।
बस्ति स्तरसम्म तत्काल सडक पुर्याउनु पर्ने भएकाले मेसिन किन्न पहल गरेको दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्की र नौगाढ गाउँपालिका अध्यक्ष प्रेमसिह धामी बताउँछन् । आगामि दिनमा इमान्दारितका साथ मेसिनको परिचालन र व्यवस्थापन गर्ने भन्दै दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्की वर्षायाममा पटक पटक अबरुद्ध हुने सडकलाई सुचारु गर्न, सडक निर्माण लगायत अन्य कामका लागि स्काभेटरलाई भाडामा दिन सक्ने गरी व्यवस्थापन गरिने बताउँछन् ।
काम सुरु गर्नुभन्दा पहिले नै शंका नगर्न नौगाढ गाउँपालिका अध्यक्ष प्रेमसिह धामीको आग्रह छ । कुनैले वदनियत देखाउँछ भने उति नै बेला कारवाहीको प्रक्रिया अगाडि बढाउन आफूले पनि सहयोग गर्ने अध्यक्ष धामीको भनाई छ । जनप्रतिनिधिहरुले पालिकाका बस्तिसम्म तत्काल सडक पुर्याउनु पर्ने आवश्यकताका कारण स्काभेटर खरिद गरिन लागेको बताए पनि स्काभेटर खरिद गर्ने निर्णयप्रति भने धेरैले शंका व्यक्त गरेका छन् । बस्तिस्तरसम्म सडक आवश्यक छ, तर स्काभेटर खरिद गरेपछि मात्रै सडक पुग्छ भन्नु अदुरदर्शिता मात्रै हो । नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले भन्नुभयो । स्थानीय सरकारहरुले स्रोत परिचालन गर्ने, रोजगारी सिर्जना गर्ने तथा उत्पादन बढाउने काममा खासै लगानी गरेको देखिएन तर सडक खन्न मेसिन किन्ने काममा भने हतार गरेको टिप्पणी धामी गर्दछन् । ‘सडक निर्माण गर्नु आवश्यक छ, त्यसका लागि मेसिन पनि आवश्यक होला । तर सबै पालिकाले मेसिन किन्ने हो भने मेसिनको दीर्घकालीन व्यवस्थापन कसरी गर्ने र यसको खर्च व्यवस्थापन कसरी गर्ने भन्ने वारेमा दीर्घकालीन योजना नबनाई गरिएको यस्तो निर्णयले व्यय मात्रै बढाउनेछ ।’ अध्यक्ष धामीले भने ।
जनप्रतिनिधिहरुले भनेजस्तो मेसिन खरिद गर्दैमा बस्तिबस्तिसम्म सडक पुर्याउन सकिने कुरा सोचे जस्तो सजिलो नभएको दार्चुला सन्देश दैनिकका सम्पादक पदम बडालको भनाई छ । बस्ति, पर्यावरण र मानव जीवनको दीर्घकालीन असर कम गर्न यातायातका लागि सडकको समेत बिकल्प हेरिनु पर्ने सम्पादक बडालको भनाई छ । सडक निर्माण गर्न मेसिन किन्नु ठिक भएपनि सोचे जस्तो काम हुन सकेन भने रोजगारी कम गरी मेसिन खरिद गर्ने कुराको जनताले समेत बिरोध गर्ने नेपाल पत्रकार महासंघ दार्चुलाका पूर्व जिल्ला सचिव ईन्द्रसिह साउँदको भनाई छ ।
जनप्रतिनिधिहरु भकाभक सडक खन्न डोर किन्ने र युवाहरु बिदेश पलायन हुने भन्दै सञ्चारकर्मी तथा इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्र कार्कीले समाजिक सञ्चालमा समेत साभार गरेर बिचार प्रसारण गरेका छन् । 
 

देशभरीका स्थानीय तहमा विजुली पुर्याउन २ खर्ब लगानी

सरकारले २ खर्ब लगानीमा ७ सय २४ स्थानीय तहमा ६९४.२ मेगावाट बराबरका विद्युत् उत्पादन गरी प्रत्येक स्थानीय तहमा ऊर्जाको पहुँच पुर्याउने योजना तयार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा साढे पाँच करोडभन्दा बढी खर्च

दार्चुला समाचार  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दार्चुला जिल्लामा मात्रै साढे ५ करोडभन्दा बढी सरकारी बजेट खर्च भएको छ । मुख्य निर्वाचन

एक महिना देखि गोकुलेगाढ जलविद्युत् अबरुद्ध ।।

दार्चुला समाचार ,, दार्चुला जिल्लामा रहेको गाकुलेगाढ लघु जलविद्युत् योजना एक महिना देखि अबरुद्ध भएको छ । शल्यशिखर नगरपालिका वडा नम्बर ८ सुतलीमा रहेको

दार्चुलामा स्थानीय निर्वाचनको खर्च साढे तीन करोड

दार्चुला समाचार,, दार्चुलामा असार १४ गते सम्पन्न स्थानीय निर्वाचनको व्यवस्थापन एवं सञ्चालनमा साढे तीन करोडभन्दा बढी खर्च भएको छ । जिल्ला प्रशासन