रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 May 2417:23:43 NST

अहिले तरंग

सझा खबर

केहि क्षणमा

खबर प्रभात

News

image not found

ग्वानीमा एक युवक मृत अवस्थामा फेला परे

दार्चुला समाचार
ग्वानी गाविसको वडा नम्बर ६ बगौरा भन्दा एक किलोमिटर दक्षिणमा रहेको भूरमुली तिमला भन्ने ठाउँमा आज विहान एक युवक सडक छेउँमा मृत अवस्थामा फेला परेका छन् । गोकुलेश्वर गाविस वडा नम्बर ३ बस्ने २१ बर्षका पदमराज जोशीको शब भएको ग्वानीबाट नयाँ नेपाल सहकर्मी गगनसिह डागाले खबर पठाएका छन् । हिजो ग्वानी गाविसको लेकगाउँमा राती जात्रा लागेको र जात्रा हेर्न आएका उक्त युवक आज विहान मृत फेला परेका हुन् । अहिले घटना स्थलमा प्रहरी चौकी मालिकार्जुनबाट गएको प्रहरीको टोली तथा जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरीको टोली घटनास्थलमा गएको छ । मृत जोशीको टाउँकोमा चोड लागेको र सडक छेउको नालीमा रहेको घटनास्थलबाट गगनसिह डागाले खबर पठाएका छन् ।
 

सामाजिक संजाल

More

भिडियोहरु