रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Apr 2517:23:43 NST

अहिले तरंग

हुक्का चिलीम

केहि क्षणमा

बिबिसी नेपाली सेवा

News

image not found

बैतडीको श्रीकोटमा शाखा रहित बैकिङ सेवा सुरु

बैतडि समाचार 
ग्लोबल आई एम ई बैंकले बैतडीको श्रीकोटमा शाखा रहित बैकिङ सेवा सुरु गरेको छ । श्रीकोट गाविसको वडा नं ४ खोचलेक बजारमा आज बैंकले आफ्नो सेवा रहित शाखाको एक कार्यक्रम गरी औपचारिक रुपमा उद्घाटन गरिएको हो । राम सिंह ओड प्रमुख अतिथि रहेको कार्यक्रममा ग्लोबल आई एम बैक बैतडीका प्रबन्ध निर्देशक राजेन्द्र सिंह , ग्लोबल प्रतिनिधी देबेन्द्र भण्डारीलगायतको उपस्थिती रहेको थियो । बैैैंकले श्रीकोट शाखावाट खातामा रकम जम्मा गर्न , झिक्न , रकम चेक गर्ने लगायतका सेवा प्रदान गर्ने प्रबन्ध निर्देशक राजेन्द्र सिंहले बताउनुभएको छ । ३८ औैं शाखा रहित बैकका रुपमा स्थापना भएको उक्त शाखामा अभिकर्ता हरिस कार्काी रहने समेत उहाले बताउनुभयो । ग्लोबल आई एम ई बैंकको श्रीकोटमा शाखा रहित सेवा दिने भएपछी त्यस क्षेत्रका बासिन्दालाई सजिलो हुने श्रीकोट २ करबिर नाथले बताउनुभयो । बैकले सेवा दिने भएपछी बैकिङ कारोवारका लागी सदरमुकाम धाउने बाध्यता समेत हटेकोे छ । बैतडीमा ग्लोवल आई ए मी बैकको शाखा २०६८ साल असोज ३० गते स्थापना भएको हो ।
 

सामाजिक संजाल

More

भिडियोहरु