रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 May 2417:23:43 NST

अहिले तरंग

सझा खबर

केहि क्षणमा

खबर प्रभात

News

image not found

सुन्तला बिक्री गरी बार्षिक ३०हजार आमदानी

दार्चुला समाचार 
दार्चुला सदरमुकाम खलंगामा सुन्तला व्यापारीहरु अधिक मात्रामा आउने गरेका छन । हिउदको सिजन सुरु भए संगै  दार्चुला सदरमुकाम खलंगामा जिल्लाका बिभिन्न ठाउँ बाट सुन्तला व्यापारीहरु आउने गरेको पाइएको छ । हिउँदे फलफुलको रुपमा लगाइने सुन्तला गाउँघरको भन्दा पनि सदरमुकाममा धेरै बिक्री हुने गरेको हुनाले बजारमा आएर बिक्री बितरण गर्ने गरेको अपीनगरपालीका १३ का सुन्तला व्यापारी राधा भट्टले बताउनु भयो । दैनिक सदरमुकाममा आएर १ डोका सुन्तला मा १ हजार देखी लिएर १२ सय जति कमाउँछुु  सुन्तला कुहिएर खेर जानु भन्दा बजारमा बिक्री गर्दा दैनिक नुनतेलको जोहो चलाउन सजिलो भएको  अर्का सुन्तला व्यापारी अपीनगरपालीका १४ निसिलका अनिता पालले भन्नु भयो । आफ्नो बारीमा फलेको सुन्तला बजारमा ल्याएर यसरी बिक्री गर्दा पत्र्येक सिजनमा २० देखि ३० हजार सम्म कमाउने गरेको पालले बताउँनु भयो । 
 

सामाजिक संजाल

More

भिडियोहरु