News

image not found

कम्युनिष्ट शक्तिहरुको एकता आवश्यक रहेको एमाले केन्द्रीय सदस्य ठगुन्नाको भनाई

दार्चुला समाचार ,,
नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपान्तरित व्यवस्थापिका संसदका सदस्य गणेशसिह ठगुन्नाले मुलुकको बर्तमान अवस्थाले कम्युनिष्ट शक्तिहरुको आवश्यकता प्रष्ट्याएको बताउनु भएको छ । दार्चुलाबाट प्रत्यक्षतर्फ निर्वाचित संसद सदस्य ठगुन्नाले आज सिप्टीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकलाई कम्युनिष्ट नेतृत्वले मात्र समृद्ध बनाउने भएकाले कम्युनिष्ट शक्तिहरुको एकता आवश्यक रहेको बताउनु भएको हो । नेपाली काँग्रेस जहिले पनि सत्ताको लोभमा केन्द्रीत हुने र भारतबाट परिचालित हुने बताउँदै सत्ता कै लागि नेपाली काँग्रेसले भद्र सहमति तोडेको बताउनु भयो । ‘हामीले संविधान निर्माणका लागि काँग्रेसको नेतृत्व स्वीकार ग¥यौं तर सहमति अनुसार काँग्रेसले एमालेको नेतृत्व स्वीकार गरेन ।’ एमाले केन्द्रीय सदस्य ठगुन्नाले भन्नु भयो । अहिलेसम्म संविधान निर्माणको काममा व्यस्त रहेको भए पनि अब जिल्लाको समग्र विकासमा सहयोग गर्ने बताउँदै ठगुन्नाले दक्षिणपन्थी बिचारले मुलुकको बिकास हुन नसक्ने बताउनु भयो । एमाले कै अगुवाईमा  जिल्लाभित्र ग्रामीण सडक, कृषि सडक, विद्यालय भवनहरु निर्माण हुने कार्यले द्रुतता पाएको बताउनुभयो । सिप्टीमा आयोजित कार्यक्रममा एकीकृत नेकपा माओवादीका पूर्व जिल्ला कमिटि सदस्य एवं अपिनाम्पा संरक्षण क्षेत्र व्यवस्थापन समितिका सदस्य प्रेमसिह धामीलाई पार्टी प्रवेश गराउँदै एमाले केन्द्रीय सदस्य ठगुन्नाले एमालेले लिएको बिकास नीतिलाई कार्यान्वयन गर्न धामीको आगमन महत्वपूर्ण हुने बताउनु भयो ।नेकपा एमाले गाउँ कमिटि अध्यक्ष नन्दन सिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि पदाधिकारी सहित एमाले कार्यकर्ताहरुको सहभागिता रहेको सिप्टीबाट नयाँ नेपाल सहकर्मी प्रतापसिह ठगुन्नाले खबर पठाएका छन् । 
 

सामाजिक संजाल

More

भिडियोहरु