रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Aug 2217:23:43 NST

अहिले तरंग

केहि क्षणमा

लोक दोहरी गीतहरु

News

image not found

खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा केही बेर तनाव सिर्जना, शर्दक अलमलीए

दार्चुला समाचार,
दार्चुला जिल्लामा आयोजना गरिएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाईनल खेलमा केहीबेर तनाव सिर्जना हुँदा खेल सञ्चालन हुनेकी नहुने भनेर दर्शक अलमलिएका थिए । जिल्ला खेलकुद विकास समिति दार्चुला, आईएमई दार्चुला तथा दार्चुला विकास संगठनको सयुक्त आयोजनामा मंसिर २७ गतेबाट सुरु भएको भलिबल प्रतियोगितको फाईनल खेलमा रेफ्रिले गलत निर्णय गरेको भन्दै खेलाडिहरुले खेल नखेल्ने बताएपछि  खुल्लामञ्चको रौनकता  धाघण्टा तनावमा परिणत भएको थियो । फाइनल प्रतिस्पर्धा गरिरहेका व्याँसी सौका जोहारी ए टीम र डिवाई सी माल टिमबीच व्याँसी सौका समाजको टीमले सर्विस दिँदा राईटबललाई एम्पाएरले आउट गराएको भन्दै व्याँसी सौका जोहारी टीमले खेल नखेल्ने बताएको थियो । यता लाईनम्यानले बल आउट बताएपछि एम्पाईरलाई डिसीजन गर्न असजिलो भएको थियो । प्रेमसिह ऐरी तथा भोजराज जोशी एम्पाईर रहेका थिए । खेलाडीबीच बिमती भएपछि एम्पाइरले कमन अंक मानेर खेल संञ्चालन गर्न खोज्दा डिवाईसी टिमले विरोध गरेको हो । पछि तीन मिनेटको समय दिएर आयोजकले आफै डिसिजन गर्ने भनेपछि दुबै टिम खेल्न बाध्य भएका थिए । अन्तिम अंकका लागि भएको प्रतिस्पर्धामा विवाद देखिए पछि त्यसपछिको खेल झन रोचक भएको थियो । वेष्टअप फाइफमा खेलाईएको फाइनल खेल डिवाईसीले निकै संघर्ष गरी आफ्नो पक्षमा पारेको हो । 
 

सामाजिक संजाल

More

भिडियोहरु