रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 May 2417:23:43 NST

अहिले तरंग

सझा खबर

केहि क्षणमा

खबर प्रभात

News

image not found

शंकरपुर स्वास्थ्य चौकीलाई छिट्टै एम्बुलेन्स उपलब्ध गराउने सांसद गणेशसिह ठगुन्नाको घोषणा,

दार्चुला समाचार ,

नेकपा एमाले केन्द्रीय कमिटि सदस्य एवं व्यवस्थापिका संसदका सदस्य सांसद गणेशसिह ठगुन्नाले शंकरपुर गाविसमा रहेको स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराउने बताएका छन् । लगत्तै यसका लागि आफुले पहल गरी एम्बुलेन्स सेवा सुचारु गरिने सांसद ठगुन्नाको भनाई छ । खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न शंकरपुर पुगेका कार्यक्रमका प्रमुख अतिथी ठगुन्नाले शंकरपुर गाविसले सरसफाईको क्षेत्रमा प्रगती गरेको बताए । त्यस्तै गाविसमा देखिएको खानेपानीको समस्यालाई पनि हल गर्न आफुले पहल गर्ने बताए । साथै गाविस सदरमुकाममा सडक सुचारु गर्ने प्रतिबद्धता पनि नेता ठगुन्नाले बताएका छन् । आजै काठमाण्डौ फर्किएका दार्चुला जिल्लाबाट जननिर्वाचित सांसद ठगुन्नाले दार्चुलामा मंसिर २४ गतेबाट विभिन्न बस्ती तथा कार्यालयका साथै कार्यकर्ताहरुसँग भेटघाँट गरेका छन् । नेता ठगुन्ना आजै महाकाली लोकमार्ग भएर काठमाण्डौ फर्किएका छन् । 

 

सामाजिक संजाल

More

भिडियोहरु