रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 May 2417:23:43 NST

अहिले तरंग

सझा खबर

केहि क्षणमा

खबर प्रभात

News

image not found

शुदुरपश्मिको पहिलो तथा देशकै २३ औँ जिल्लाको रुपमा दार्चुला जिल्ला साक्षर घोषणा

दार्चुला समाचार,
दार्चुला जिल्ला आज शुदुरपश्चिमको प्रथम तथा देशकै २३ आँै जिल्लाको रुपमा साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाको १५ देखि ६० उमेर समूहको ९५ दशमलब ४ प्रतिशत जनसंख्या सक्षर भए पछि दार्चुला जिल्लालाई साक्षर घोषणा गरिएको हो । दार्चुला जिल्ला साक्षर घोषणा गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं पुर्व शिक्षा राज्य मन्त्री दिलेन्द्र प्रसाद बडुले शुभकामना सहित घोषणा पत्र पढेर घोषणा गर्नु भयो ।  जिल्ला अनौपचारिक शिक्षा एवं जिल्ला शिक्षा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी सहदेब रायमाझीको अध्यक्षता एवं पूर्व शिक्षा राज्यमन्त्री एवं नेपाली काँग्रेसका पार्टी प्रबक्ता दिलेन्द्रप्रसाद बडुको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरि पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरका उपनिर्देशक बद्रीप्रसाद पौडेल र दिनेश श्रेष्ठ तथा क्षेत्रीय शिक्षा निर्देशनालय दिपायल डोटीका उपनिर्देशक अनन्त कुमार पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो ।   कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जिल्ला स्थित राजनीतिक दलका प्रतिनीधि विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनीधि विभिन्न विद्यालयका शिक्षक विद्यार्थी, सञ्चारकर्मी तथा सर्व साधारणको सहभागिता रहेको थियो । 

सामाजिक संजाल

More

भिडियोहरु