रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Thursday, 2017 Sep 2117:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

image not found

मेस्सी अदालत जानु पर्ने

अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका स्टाइकर लियोनल मेस्सी अदालत उपस्थित हुनुपर्ने भएको छ । करछलिको आरोपमा मेस्सी स्पेनको बार्सिलनामा रहेको अदालतमा सुनुवाइका लागि बुबा जर्जसँगै उपस्थित हुनुपर्ने भएको हो । स्पेनको सरकारी वकिलको कार्यालयका वकिलले मेस्सीमाथि लागेको करछलिको आरोप फिर्ता लिएर उनका बुबा जर्ज विरुद्धमात्रै मुद्दा चलाउन दिएको सुझाव अदालतले अस्वीकार गरेको हो । अदालतको यो निर्णयसँगै मेस्सी अब बुबा जर्जसँगै करछलि मुद्दाको सुनवाइका लागि अदालत उपस्थित हुनुपर्नेछ । तर मुद्दाको सुनवाइ हुने मिति भने तय भएको छैन । मेस्सीका वकिलले मेस्सीसँग आफ्नो आम्दानीको कर तिरिएको छ कि छैन भनेर अध्ययन गर्ने समय नभएको र नियतबस नभइ व्यस्तताको कारणले समयमा कर तिर्न नसकेको भन्दै उनीमाथि लागेको आरोप फिर्ता लिन गरेको आग्रह पनि अदालतले अस्वीकार गरेको छ । गएको जुनमा बार्सिलोना उच्च अदालतले आफ्नो आम्दानीको व्यवस्थापनका विषयमा आफूलाई थाहा नभएको भनेर मेस्सी उम्किन नपाउने फैसला सुनाएको थियो । मेस्सीले आफ्नो आम्दानीको व्यवस्थापन बुबाले गर्ने भएकाले आफूलाई यसबारेमा केही थाहा नभएको बताउँदै आएका छन् । तर सरकारी वकिलको कार्यालयका वकिल मेस्सीको पक्षमा केही सकारात्मक भएपनि कर कार्यालयको तर्फबाट मुद्दा लडिरहेका वकिलले भने मेस्सीले आफूलाई जनाकारी नभएको भन्दै उम्किन नपाउने बताउँदै मेस्सी र उनका बुबालाई २२ महिनाको जेल सजायको फैसला गर्न माग गरेका छन् । कर कार्यालयका वकिलले मेस्सीले ५० लाख अमेरिकी डलर करछलि गरेको आरोप लगाएका छन् ।

सामाजिक संजाल

More

भिडियोहरु