रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 May 2417:23:43 NST

अहिले तरंग

सझा खबर

केहि क्षणमा

खबर प्रभात

News

image not found

दार्चुलामा फोटो सहितको मतदाता नामावलीमा झण्डै ६९ हजारले नाम दर्ता गराए

दार्चुला समाचार,
निर्वाचन आयोगले २०६७ सालबाट शुरु गरेको फोटो सहितको मतदाता नामावलीमा दार्चुलामा झण्डै ६९ हजारले नाम दर्ता गराएका छन् । दार्चुला जिल्लामा २०७२ असार मसान्तसम्ममा ६८ हजार ८ सय ८९ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी पदमसिह खत्रीले जानकारी दिनुभयो । २०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा दार्चुला जिल्लामा लगभग ८४ हजार मतदाता रहेका थिए । चुनावलाई निष्पक्ष र धाधलीरहित बनाउनका लागि निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावलीको अवधारणा ल्याएपछि फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या घटेको हो । हालपनि जिल्ला निर्वाचन कार्यालय दार्चुला तथा जिल्ला प्रशासन कार्यालय दार्चुलामा फोटोसहितको मतदाता नामावली बनाउने काम निरन्तर रुपमा सञ्चालनमा रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । 
 

सामाजिक संजाल

More

भिडियोहरु