रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 May 2417:23:43 NST

अहिले तरंग

सझा खबर

केहि क्षणमा

खबर प्रभात

News

नेपाली कांग्रेस दार्चुलाको सभापतिमा बोहरा विजयी

दार्चुला, फागुन १०
नेपाली कांग्रेसको आसन्न १३ औँ महाधिबेसनको तयारीका लागी सोमबार दार्चुलामा सभापति पदको निर्वाचन सम्पन्न भएको छ । सभापति पदका लागी हिजोबाट सुरु भएको निर्वाचनमा ललितसिह बोहरा पदमा विजयी भएका छन् । भरखरै (राति ९ बजे) सम्पन्न मतगणना अनुसार उहाँले २४७ मत प्राप्त गरेर विजयी भएको निर्बाच अधिकृत देबराज अवस्थीले जानकारी दिनुभयो । सभावति ललितसिह बोहराले सधै पार्टीको हितका लागी सधै निष्पक्ष र ईमान्दार भएर काम गर्ने बताउनुभएको छ । कार्यक्रताहरुर्ला सम्बोधन गर्दै उहाँले भन्नु भयो तपाई म माथी जुन विश्वास गर्नु भयो त्यो तपाईको विश्वास विश्वास घात हुन दिने छैन म सधै जिल्ला र पार्टी सधै निष्पक्ष, ईमान्दार र मेहेनत गरेर काम गर्नेछु । मेरा सबै प्रतिस्पर्धी साथीहरुलाई म सधै सँगै लिएर काम गर्ने छु उहँले भन्नुभयो ।
त्यस्तै उनका प्रतिद्वन्दी मदन गिरिले ५०, नरेन्द्रसिह धामीले ४५, गोपाल दत्त जोशीले ३२, महादेब बडु कश्यपले १८  र गौरीसंकर गिरिले १२ मत प्राप्त गरेका छन् । कुल ४ सय १४ मत मतदाता रहेको निर्बाचनमा आईतबार ४ सय ९ मत खसेका थिए । कुल खसेका ४ सय ९ मध्ये ५ मत बदर भएका छन । यो भन्दा पहिले सभापतीका लागि ९ जनाले उम्मेदवारी दिएका थिए । ९ जना मध्ये तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन् । उम्मेदवारी फिर्ता गर्नेहरुमा रुद्रसिह धामी, अमरसिह धामी तथा कृष्णराज भट्ट रहेका छन् । 
त्यसैगरी, सचिव पदका लागि गणेशसिह धामी, महेन्द्र बडु, माधवराज भट्ट, सुरेन्द्रप्रसाद अवस्थी, र हरकसिह विष्टले उम्मेदवारी दिएका छन् । त्यस्तै कोषाध्यक्ष पदका लागि कर्ण बहादुर कुवर, देवेन्द्र भट्ट, र मोहनदेब पन्तको उम्मेदवारी रहेको छ । केन्द्रीय महाअधिवेशन प्रतिनिधीका लागि ३८ जना तथा जिल्ला कार्य समितिका सदस्यमा २६ जनाले उम्मेदवारी दिएका छन् । 
अरु पदको लागी पनि सोमबार नै आज निर्वाचन सम्पन्न भैसकेको छ । मतगणना भने मंगलबार विहान बाट मात्रै सुरु हुने नेपाली काँग्रेस दार्चुलाले जानकारी दिएको छ ।
 

 

सामाजिक संजाल

More

भिडियोहरु