रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 Apr 2617:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

image not found

आइसिसी टी—२० विश्वकप क्रिकेटमा भारतको लज्जास्पद हार

३ चैत, दार्चुला।
आइसिसी टी—२० विश्वकप क्रिकेटअन्तर्गत सुपर टेनको पहिलो खेलमै आयोजक भारत न्युजिल्याण्डसँग ४७ रनले पराजित भएको छ ।
 
पहिले व्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २६ रनको योगफल बनाएको थियो । न्युजिल्याण्डका स्पिनरले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई १८।१ ओभरमा ७९ रनमै समेटेका थिए ।
 
 
न्युजिल्याण्डले प्रस्तुत गरेको एक सय २७ रनको लक्ष्य पछ्याएको भारत १८ दशमलव १ ओभरमा मात्रै ७९ रन बनाउँदा अल आउट भयो । भारतका कप्तान महेन्द्रसिंह धोनीले ३० बल खेल्दै ३० रन बनाउँदा विराट कोहलीले २७ बलमा २३ तथा रविचन्द्र आश्विनले २० बलमा १० रन जोडेका थिए ।
 
 
सुरेश रैना, शिखर धवन र हार्दिक पाण्डेयले समान एक एक रन बनाएर पेविलियन फर्किए । रोहित शर्माले पाँच तथा युवराज सिंहले चार रन बाहेक अन्यले रन जोड्न सकेनन् । रविन्द्र जडेडा, आशिष नेहरा र जसप्रित बुमराह शून्यम आउट भए ।
 
 
अलराउन्डर प्रदर्शन गरेका न्युजिल्याण्डका मिचेल सन्टनरले चार तथा इसा सोड्हीले तीन विकेट लिए । यस्तै नाथन म्याकुलमले दुई विकेट लिए ।
 
 
 

सामाजिक संजाल

More

भिडियोहरु