News

image not found

नेपालले टस जितेर पहिले फिल्डीङले रोजेको छ । (लाईभ भिडियो हेर्न तल क्लिक गर्नुहोस)

नेपालले टस जितेर पहिले फिल्डीङले रोजेको छ ।
खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा बिहान साँढे ९ वजे सुरु हुनेछ ।
 
गत शनिवार भएको पहिलो खेलमा नामिबियामाथि ५ विकेटको सहज जित हात पारेको नेपाल आजको खेल जित्दै अंक तालिकामा एक स्थान माथि उक्लने लक्ष्यमा छ ।
 
तर पहिलो खेलमा नेपालसँग हारेको नामिबिया पनि आफ्नो नेपाल भ्रमणमा केही अंक जोड्ने दाउमा रहेकोले दुबै टोलीका लागि आजको खेल त्यति सहज नहुने पक्का छ ।
 
८ टोली सहभागी आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्याण्ड र पपुवान्युगिनीसँगको सुरुवाती चार खेल हारेको नेपालले नामिबियालाई हराँउदै अंक तालिकामा खाता खोलेको थियो ।
 
प्रतियोगिताको शिर्ष चार स्थान ओगट्ने राष्ट्रले आगामी एक दिवसीय विश्वकप क्रिकेटको लागि हुने छनोट प्रतियोगिता खेल्ने अवसर पाउने छन् ।
 

सामाजिक संजाल

More

भिडियोहरु