रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Nov 2117:23:43 NST

अहिले तरंग

केहि क्षणमा

हिन्दी गीत

News

आगो निभाउने क्रममा जलेर एक महिलाको मृत्यु

 
अर्घाखाँची, वैशाख १३ – अर्घाखाँचीको धातीबांगमा घर नजिकै लागेको आगो निभाउने क्रममा सोमबार बिहान एक महिलाको ज्यान गएको छ ।
 
धातीबांग–९ दहमा घर नजिकै लागेको आगो निभाउने क्रममा चिप्लिएर ३२ वर्षकी मखमली बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो ।
 
आइतबार बेलुकादेखि लागेको आगो अझै निभाउन नसकिएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । प्रहरीको टोली घटनास्थल तर्फ गएको छ ।
 
 
आगलागीका कारण दुई वटा घर र पाँच वटा गोठ जलेर नष्ट भएका छन् । बालसिंह सारुको घर गोठ जल्दा लत्ता कपडा, अन्नपात तथा घरमा राखिएको एक लाख ३० हजार नगद समेत जलेर नष्ट भएको छ ।
 
 
यस्तै तुलबहादुर सारुको घर गोठ जल्दा लत्ता कपडा, अन्नपात तथा घरमा राखिएको ७२  हजार नगद समेत जलेर नष्ट भएको छ । 

सामाजिक संजाल

More

भिडियोहरु