रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Apr 2517:23:43 NST

अहिले तरंग

हुक्का चिलीम

केहि क्षणमा

बिबिसी नेपाली सेवा

News

image not found

डोटीमा जंगली जनावरको आक्रमणमा परि भारतिय नागरिकको मृत्यु

डोटी वैशाख १३ः

 
जिल्ला ट्राफिक कार्यालय डोटीको प्राङ्गणमा जंगली जनावरको आक्रमण बाट एक जना भारतीय नागरिकको मृतु भएको छ। हिमाञ्चल प्रदेश काँकडा जिल्ला रेडिगाउँ भारत घर भई भद्रकाली रोजन एण्ड टर्पेन टाईम खोटो कम्पनीमा ठेकेदारको मेट मेनेजेरका रुपमा काम गरिरहेका ५५ बर्षिय जगदिस चन्दको आईतबार राति आक्रमणमा परि मृतु भएको हो।
 
दिपायल सिलगढी नगरपालीका वार्ड नं। ७ सुनगडा स्थित राम बहादुर कठायत को घरमा चार कोठा भद्रकालीले भाडामा लिएको छ  भने चार कोठा जिल्ला ट्राफिक कार्यालय डोटीले तिन बर्ष यता भाडामा लिएको छ। राति गर्मि भएपछि कार्यालयको प्राङ्गणमा अबस्थित आँपको रुख मुनिको टेवलमा सुतिरहेका बेला जंगली जनावरले आक्रमण गरेको हुन सक्ने अनुमान लगाईएको छ। 
घटना आईतबार राति घटेको भएपनि कार्यालयमा बस्ने एकजना ट्राफिक प्रहरी सोमबार बिहान ६ बजे उठेर बाहिर आउँदा मृतक चन्द लाई मृत अबस्तामा भेटेको जिल्ला ट्राफिक कार्यालय डोटीले जनाएको छ।
 
जिल्ला ट्राफिक कार्यालय डोटीका प्र.स.नि. तेज साउँदका अनुसार हाल कार्यालयमा जम्मा ३ जना मात्रै कर्मचारी भएकाले राति ट्राफिकको डिउटी नरहने तर कुनै ठाउँबाट घटनाबारे जानकारी प्रापत भयो भने जाने गरेको पाईन्छ। सोहि कार्यालयमा बस्ने ट्राफिकले आफु निदायका बेला घटना भएकाले आफुने कुनैपनि संकेत नपाएको बताए।
 
मृतक चन्दको बाँया पट्टिको कान बाँया पट्टिकै हात मुख, छाती र खुट्टाको मासु जनावरले खाएको छ। खुन लासको वरिपरि मात्रै देखिन्छ। घटनाको प्रकृती हेर्दा बाघले आक्रम गरेको अनुमा गर्न सकिन्छ।
 
यहिले सम्म लाश घटना स्थल मै रहेको छ। लाशलाई भद्रकाली रोजन एण्ड टर्पेन टाईम खोटो कम्पनीका कर्मचारि रण बशादुर वमले अन्य ठाउँबाट कम्पनीका कर्मचारिहरु आउदै गरेका ले उनिहरु घटना स्थलमा नपुगे सम्म लाश नउठाउन आग्रह गरेका छन्। मृतकको पोस्टमाटम पछि मात्रै कुन जनाबरले आक्रमण गरेको हो भन्ने खुल्न आउन्छ । —पवन महरा

 

सामाजिक संजाल

More

भिडियोहरु