रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 Oct 1817:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

image not found

दार्चुलामा बाढीको जोखिम कम गर्न पाँच बर्षे रणनीतिक योजना अनुसार काम हुदैँ,

दार्चुला समाचार,, 
२०७० साल असाढमा महाकाली नदिमा बाढी आएपछि बाढीको क्षति कम गर्न तथा तटबन्ध निर्माण गर्न महाकाली नदि नियन्त्रण आयोजनाको पाँच बर्षे रणनीति तयार गरेर नदि नियन्त्रणको काम भईरहेको छ । २०७०÷७१ देखि २०७४÷७५ मा निर्माण कार्य सम्पन्न गर्नेगरी १२ वटा प्याकेजबाट हाल तटबन्ध निर्माणको काम भईरहेको छ । महाकाली नदि नियन्त्रणका लागि ३ अर्ब ५ करोड ५७ लाख रुपैयाँको बजेट विनियोजन गरिएपनि फाइनल स्टमेट २ अर्ब १२ करोड ३ लाख ६९ हजार १ सय ४३ रुपैँया २० पैशा निर्धारण गरिएको छ । त्यसमध्ये पनि अन्तिम बजेट १ अर्ब ५० करोड ८८ लाख ७८ हजार ८ सयमा काम गर्ने सम्झौता गरिएको महाकाली नदि नियन्त्रण आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिनुभयो । उक्त बजेटमा आरसिसी रेटिङ वाल, वालमाथी सडक निर्माण र पछाडि ग्याविन जाली सहितको वाल लगाइने छ ।  दार्चुला जिल्ला सदरमुकाम क्षेत्रको साढे ४ किलोमिटरको लम्बाईमा यस्तो तटबन्ध निर्माण गरिने छ भने महकाली नदिले क्षती पु¥याएको अन्य साढे आठ किलोमिटर क्षेत्रमा ग्याविन वाल लगाउने गरी काम भईरहेको छ । तर आयोजना दोश्रो बर्षमा चलिरहँदा आयोजनाले निकै चुनौती भोगी रहेको आयोजना प्रमुख बरालको भनाई छ । जसका कारण निर्माण कार्यमा ढिलाई भईरहेको छ । ती कारणहरुमा नदिमा पानीको बहाव बढ्ने अनिश्चित हुनु, त्यसले गर्दा दिनमा ६÷७ घण्टा मात्रै काम हुनु, मेसिनमा खराबी आउँदा मर्मतका लागि जिल्ला बाहिर पठाउनु पर्ने समस्या, कामदार पनि जिल्ला बाहिरको हुँदा विदा बस्ने समस्या, निर्माण सामाग्रीको अप्रयाप्तता रहेका छन् । त्यस बाहेक आयोजनामा कार्ययोजना अनुसार बजेट प्रयाप्त नहुनु र महाकाली बाढीले कटान गरेर बाँकी रहेको क्षेत्रबाट हुने क्षती यसको भावि चुनौती रहेको आयोजना प्रमुख बरालले जानकारी दिनुभयो । 
 

सामाजिक संजाल

More

भिडियोहरु