रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Friday, 2017 Jul 2117:23:43 NST

अहिले तरंग

सदाबहार गीतहरु

केहि क्षणमा

समापन

News

निम्न माध्यमिक तहमा झण्डै एकहजार शिक्षकका लागि दरखास्त खुल्यो

काठमाडौं, जेठ १० – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको स्थायी शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । पाँचवटै विकास क्षेत्रमा झण्डै एकहजार स्थायी शिक्षकका लागि आयोगले दरखास्त माग गरेको हो । 

आयोगले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान, संस्कृत व्याकरण, संस्कृत भाषा र कम्प्युटर विज्ञान विषयका लागि दरखास्त माग गरेको छ । पाँचै विकास क्षेत्रमा गरी नेपालीमा १ सय ६२,  अंग्रेजीमा २ सय ८६, गणितमा १ सय ४२, विज्ञानमा १ सय ४३, सामाजिकमा १ सय ३९ र गणित विज्ञानमा १ सय १५ शिक्षक माग गरिएको छ ।

यस्तै संस्कृत व्याकरणको लागि पूर्वाञ्चलमा १ र पश्चिमाञ्चलमा २, संस्कृत भाषाको लागि पश्चिमाञ्चलमा १ तथा कम्प्युटर विज्ञानका लागि पूर्वाञ्चलमा १ र मध्यमाञ्चलमा १ स्थायी शिक्षकका लागि दरखास्त खुलेको छ । 

दरखास्त आउँदो असार १२ गतेसम्म र दोब्बर दस्तुर तिरेर असार १९ गतेसम्म दिन सकिने आयोगले जनाएको छ । लिखित परीक्षा भदौ ११ गते हुनेछ । पूर्वाञ्चलको क्षेत्रीय शिक्षा निर्देशनालय धनुकटा तथा जिल्ला शिक्षा कार्यालय इलाम, मोरङ र उदयपुरमा दरखास्त फारम बुझाउन सकिने आयोगले जनाएको छ । 

यस्तै मध्यमाञ्चलको क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडा, जिल्ला शिक्षा कार्यालय ललितपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा पनि दरखास्त बुझाउन सकिन्छ । पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय पोखरा, जिल्ला शिक्षा कार्यालय रुपन्देही, तनहुँ र बागलुङ तथा मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय सुर्खेत, जिल्ला शिक्षा कार्यालय दाङ, जुम्ला र बाँकेमा पनि दरखास्त बुझाउन सकिने व्यवस्था छ । 

यसैगरी सुदूरपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय दिपायल, जिल्ला शिक्षा कार्यालय कैलाली र डडेलधुरामा पनि दरखास्त बुझाउन सकिने आयोगले जनाएको छ । माध्यमिक तहको स्थायी शिक्षकका लागि आयोगले यसअघि नै दरखास्त माग गरिसकेको छ । 

सामाजिक संजाल

More

भिडियोहरु