रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Aug 2217:23:43 NST

अहिले तरंग

नेपाल खवर

केहि क्षणमा

लोक दोहरी गीतहरु

News

image not found

दार्चुला जिल्लमा महिलाको नाममा लालपुर्जा बनाउने को संख्यामा बृद्धि

जेठ—३२÷नयाँ नेपाल एफ एम÷दार्चुला
गणतन्त्र स्थापना पछि देशव्यपि रुपामा महिलाको नाममा लालपुर्जा बनाउनेको संख्यामा वृद्धि भएको छ । 
आर्थिक बर्ष २०६९÷७० देखि २०७२÷७३ सम्म दार्चुला जिल्लामा कुल २ हजार ८ सय ६९ जनाले आफ्नो नाममा जग्गा नामसारी गरेका छन । महिलाको नाममा नामसारी गर्दा मालपोत करमा गाविसको हकमा ५० प्रतिशत, नगरपालिकाको हकमा २५ प्रतिशत र एकल महिलालाई थप १० प्रतिशतले जग्गाको कर घरकरमा छुट हुन थालेपछि महिलाको नाममा जग्गाधनी प्रमाण पत्र बनाउनेको संख्यामा विद्धि भएको जिल्ला मालपोत कार्यालय दार्चुलाले जनाएको छ ।
 
यो आर्थिक बर्षमा दार्चुला जिल्लामा महिलाको नामाम लालपुर्जा बनाउनेका लागी जम्मा १ सय ४४ निबेदन परेको भएपनि जम्मा १ सय २३ जनाको फरछ्यौट भएका छन् भने २१ जनाको निबेदन बाँकी रहेको जिल्ला मालपोत कार्यालय दार्चुलाका मालपोत अधिकृत प्रदिप सिह धामीले जानकारी दिनुभयो ।
हाल सम्मा नामसारी गराउनेहरुबाट कुल १ लाख २२ हजार ६ सय ७५ रुपैयाँ राजस्व पनि संकलन गरिएको मालपोत अधिकृत प्रदिपसिह धामीले जानकारी दिनु भयो ।  
 

सामाजिक संजाल

More

भिडियोहरु