रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Aug 2217:23:43 NST

अहिले तरंग

नेपाल खवर

केहि क्षणमा

लोक दोहरी गीतहरु

News

image not found

राष्ट्रिय सहमतिका अधारमा अवको नयाँ सरकार बन्नु पर्ने नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेको भनाई ।।

दार्चुला समाचार 
नेपाली काँग्रेसका केन्दिय सदस्य सुरेन्द्र पाण्डेले संविधान कार्यान्वयन र मुलुक परिवर्तनको लागी राष्ट्रिय सहमतिको सरकारको खाँचो रहेकाले औल्याउनु भएको छ । 
नेपाली कांग्रेस जिल्ला कार्य समिति दार्चुलको आयोजनामा भएको बर्तमान देशको राजनीतिमा नेपालि कांग्रेसको भुमिका विषयक अन्तरकृया कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता पाण्डेले संविधान कार्यान्वयनका लागी सहमतिय सरकारको आवश्यकता रहेको बताउनु भएको हो । अहिलेको सरकार हावादारी गफमा मात्रै सिमित रहेकोले यो तालमा सरकारले कुनै पनि काम गर्न नसक्ने भन्दै नेता पाण्डेले भन्नु भयो । “संविधान कार्यान्व गरी देशलाई निकास दिन काँग्रेसले प्रतिपक्षमा बस्नु भन्दा पनि सहमतिको आधारमा नयाँ सरकार गठन हुनुपर्छ ।”   कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नेता पाण्डेले सरकारले हावादारी कुरा भन्दा विकास निर्माणका कुरामा केहि पनि चाँसो नदेखाएकाले समग्र देशको विकासका लागी अव नेपालि कांग्रेसको नेत्रीत्वमा नयाँ सरकार वन्नु पर्नेमा जोड दिनु भएको थियो । यस्तै नेपाल तरुण तलका कार्यबाहाक अध्यक्ष जन्मजय तिमिल्सिनाले हरेक क्षेत्रमा बासोबास गर्ने तरुणदलका सदश्यहरुले मिलेस समाजको विकास गर्न अग्रसर हुनु जरुरी रहेको बताउनु भयो । बढदो बेरोजगारीलाई हटाउन सबै तरुण दलका कार्यक्रताहरुले आफ्नो समयलाई सहि सदउपयोग गर्नु आजको आवश्यक्ता रहेको उहाँको भनाई रहेको छ । त्यसैगरी नेपाल तरुण दलका पुर्व महाशचिव ऋषिराज काफ्लेले भ्रष्टाचारी कालोबजारीको अत्य गर्न सबै सरकारी कार्यालायको अनुगमन गरि बजेटलाई सदुउपयोग गर्नमा सहयोग पु¥यानमा तरुण दलको महत्वपुण भुमिका रहेको बताउनु भएको छ ।
 

सामाजिक संजाल

More

भिडियोहरु