रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Dec 1917:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

image not found

ट्राफिक जरीवाना बढेदेखी नियम उलङ्घन गर्नेको संख्या घट्यो÷सवारी दुर्घटनामा कमी आउन सकेन्

दार्चुला समाचार ,
सुदूरपश्चिममा ट्राफिक नियम उलङ्घन गर्नेको संख्यामा कमी आएको छ । ट्राफिक जरिवाना बढेसँगै विकास क्षेत्रभरी नै ट्राफिक नियम उलङ्घन गरी कारबाहीमा पनेहरुको संख्या उल्लेख मात्रामा घटेको हो । गएको जेठ देखी ट्राफिक नियम उलङ्घन गर्ने बिरुद्ध जरिवानामा बृद्धि गरिएपछि नियम उलङ्घन गर्नेहरु घटेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । कार्यालयका अनुसार ट्राफिक जरिवाना बढ्नु भन्दा पहिले गएको बैशाखमा ट्राफिक नियम उलङ्घन गर्ने सात हजार दुई सय ९५ सवारी कारबाहीमा परेकोमा जरिवाना बढेसँगै जेठमा यो संख्या घटेर चार हजार छ सय ५६ मा झरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्क रहेको छ । चालकले मादक पदार्थ सेवन गरेर सवारी साधन चालउने, क्षमता भन्दा बढी यात्रु बोक्ने, तिब्र गतिमा गाडि हाक्ने लगायतका घटनामा कमी आएको देखिएको छ । तर दुर्घटनामा भने बढाई्रएको जरिवानाले फरक पारेको देखिएको छैन् । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार सुदूरपश्चिममा बैशाखमा १५ वटा सवारी दुर्घटना भएकोमा जेठमा दुर्घटना संख्या २२ मा पुगेको छ । ट्राफिक जरिवाना बढेपछि राजश्वमा भने बृद्धि भएको छ । बैशाखमा २२ लाख २२ हजार दुई सय रुपैयाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरीले जेठमा २८ लाख २८ हजार छ सय रुपैयाँ संकलन गरेको छ । गत असोजमा संसोधन गरिएको सवारी तथा यातायात व्यावस्था ऐन गएको जेठ १ गतेदेखी मुलुकभर लागु भएसँगै २५ रुपैयाँ देखी ५० रुपैयाँसम्म रहेको जरिवाना पाँच सय पु¥याईएको थियो भने ५० देखी एक सय रुपैयाँसम्म हुँदै आएको जरिवानालाई एक जहारमा पु¥याईएको थियो । यस्तै एक सय देखी २ सय रुपैयाँसम्मको कारवाहीको दरलाई संसोधन गर्दै एक हजार पाँच सय बनाईएको थियो ।
 

सामाजिक संजाल

More

भिडियोहरु