रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 Apr 2617:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

image not found

मालिकार्जुनमा पहिरोमा पुरीएर एक महिलाको मृत्यु

दार्चुला सामाचार 
दार्चुलाको मालिकार्जुन गाविस वडा नम्बर ८ मुसेकाँडामा पहिरोले घर पुरीए पछि एक महिलाको मृत्यु भएको छ । मुसेकाँडाका स्थानीय इन्द्रसिह धामीको घरबाट आएको पहिरोका कारण तलतिर रहेको पदमसिह धामी र शेरसिह धामीको घर पुरिएपछि शेरसिह धामीकी श्रीमती बसन्ती धामीको पहिरोमा पुरीएर मृत्यु भएको छ भने शेरसिह धामी घाइते भएका छन् । राती आएको पहिरोले घर पुरेपछि विहान पाँच बजेबाट उद्धार कार्य गरिएको हो । मालिकार्जुन प्रहरी चौकीबाट गएको प्रहरी टोली , मालिकार्जुन रेडक्रस सोसाईटी र स्थानीयले उद्धार गरेको प्रहरीले जनाएको छ । पहिरोका कारण मालिकार्जुन गाविस वडा नम्बर ८ मै करविर राम टमटाको गाई बस्तु मरेका छन् । त्यसैगरी गजीराम टमटाको घरमा पनि क्षती भएको छ । मालिकार्जुन गाविस वडा नम्बर ९कै रौतेपानीका गणेशसिह धामीको पनि घर क्षती भएको मालिकार्जुन बाट नयाँ नेपाल सहकर्मी गणेशसिह धामीले खबर पठाउनु भएको छ ।

सामाजिक संजाल

More

भिडियोहरु