रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Saturday, 2017 May 2717:23:43 NST

अहिले तरंग

गजल गंगा

केहि क्षणमा

खवर चेक

News

image not found

अबिरल बर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा पहिरो, जनजिवन प्रभावित

दार्चुला सामाचार,,
विहिबार रातीबाट परेको अविरल बर्षाका कारण दार्चुला जिल्लाको विभिन्न ठाउँमा पहिरो गएपछि जनजिवन प्रभावित भएको छ । जिल्लाको भगवती गाविस वडा नम्बर ९ न्वालपानीमा पहिरोका कारण सोबानसिह विष्टको तीन तले नयाँ घर पहिरोले बगाएको छ । त्यसैगरी त्यसक्षेत्रमा अन्य ३÷४ घर जोखिममा रहेको सहकर्मी राजेन्द्र विष्टले जानकारी दिनुभयो । त्यसैगरी भगवती गाविसकै सरस्वती मावि सेलीचमाको विद्यालय भवनमा पनि क्षती भएको भगवतीबाट नयाँ नेपाल सहकर्मी किसनसिह धामीले खबर पठाउनु भएको छ । त्यस्तै भगवती ९ मा शेरसिह धामी, आनसिह धामी र विरभद्र धामीको घर पहिरोको जोखिममा रहेको स्थानीय हिरासिह धामीले जानकारी दिनुभयो । त्यसैगरी हुनैनाथ गाविस वडा नम्बर ९ मा पहिरो गएर नन्दनसिह धामी, इन्द्रसिह धामी, गोपालसिह धामी, र धरमसिह धामीको घर जोखिममा रहेको छ । गोपालसिह धामीको सौचालय पहिरोले बगाएको स्थानीय नन्दनसिह धामीले जानकारी दिनुभयो । हुनैनाथ गाविस वडा नम्बर ८ मा रहेको हुनैनाथ निमावि बेलुकोटको विद्यालयमा पनि पहिरोले क्षति पु¥याएको छ । 
त्यसैगरी दार्चुलाको उकु गाविस वडा नम्बर ५ पनि पनि पहिरोका कारण ५÷६ परिवार विस्थापित भएका छन् भने प्रहरीचौकीमा पनि क्षति भएको छ । उकु ५का उमाकान्त जोशी, केशव उपाध्याय, पदम चन्द, धनपती धामी, डम्बर चन्दको घर जोखिममा रहेको छ । त्यसैगरी उकु गाविस वडा नम्बर ३ सलेतीमा पनि पहिरोका कारण खेतबारी बगाएको उकुबाट नयाँ नेपाल सहकर्मी लोकेन्द्रसिह धामीले जानकारी दिनुभयो । त्यसैगरी डाडाकोट गाविस वडा नम्बर ८ लिमेतीमा पनि पहिरोका कारण तीनवटा घर बगाएको छ । लिमेतीका हर्क बहादुर पालको घर पुर्णरुपमा क्षती भएको छ । त्यसैगरी रामबहादुर पालको घरमा पहिरो आउँदा दुई गाई मरेका छन् । त्यस्तै नरबहादुर पालको पनि घर पहिरोले बगाएको छ भने सुन्सीखर निमावि घोडेढुङ्गाको विद्यालय भवन जोखिममा रहेको स्थानीय रामबहादुर पालले जानकारी दिनुभयो । त्यसैगरी डाडाकोट गाविसको लिमामा पनि पहिरोका कारण क्षती भएको नेपाली काँग्रेसका नेता मदन गिरीले जानकारी दिनुभयो । खरकडा गाविसको वडा नम्बर ७ मा १०÷१२ परिवारको खेत परिवारले बगाएको स्थानीय भुवन जोशीले जानकारी दिनुभयो । रिठाचौपाता गाविसको वडा नम्बर ३  अम्कुरमा पनि पहिरोका कारण ३÷४ परिवार विस्थापित भएका छन् । अविरल बर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
 

सामाजिक संजाल

More

भिडियोहरु