रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Nov 2117:23:43 NST

अहिले तरंग

श्रोता सन्देश

केहि क्षणमा

हिन्दी गीत

News

image not found

३८ औं प्रधानमन्त्रीमा केपी शर्मा ओली निर्वाचित

सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि नयाँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । खसेको कुल मतमध्ये ओलीले ३ सय ३८ मत प्राप्त गर्नुभएको सभामुख सुवास नेम्वाङले आजको व्यवस्थापिका संसदको बैठकमा घोषणा गर्नुभयो । मतदानमा ५ सय ८७ जना सांसद उपस्थित भएका थिए । प्रधानमन्त्रीका अर्का उम्मेदवार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले २ सय ४९ मत प्राप्त गर्नुभएको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावक र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायत दलहरुको समर्थनमा ओली मुलुकको ३८औँ प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको हो । एमालेका तर्फबाट झापा क्षेत्र नं ७ बाट संविधानसभाको दोस्रो निर्वाचनमा निर्वाचित ६४ वर्षीय नेता ओली नयाँ संविधान घोषणा भएको २१ दिनपछि प्रधानमन्त्रीमा चयन हुनुभएको हो ।
यसैबीच, झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा तीन दशकदेखि सक्रिय नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि मुलुकको पहिलो प्रधानमन्त्री बन्न सफल हुनुभएको छ । मुलुकको दोस्रो ठूलो दल नेकपा एमाले संसदीय दलका नेता ओलीले प्रमुख दलको सहकार्यमा नयाँ संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गर्नु भएको थियो । उहाँ पहिलो ठूलो दल नेपाली काँग्रेस बाहेक अन्य दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएको छ । मुलुकको ३८ औँ प्रधानमन्त्री उहाँ छैटौँ वामपन्थी प्रधानमन्त्री पनि हुनुभएको छ । पहिलो वाम प्रधानमन्त्री पनि एमालेकै तत्कालीन अध्यक्ष मनमोहन अधिकारी हुनुभएको थियो ।

सामाजिक संजाल

More

भिडियोहरु