रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Friday, 2017 Jul 2117:23:43 NST

अहिले तरंग

सदाबहार गीतहरु

केहि क्षणमा

समापन

News

दार्चुलामा रुपैँयाको झोला सहित हतियार फेला प¥यो ।।

नयाँ नेपाल एफ एम दार्चुला
दार्चुलाको घुसा गाविस वडा नम्बर ८ धनबोरा भन्ने स्थानमा बाटोमा बेवारिसे अवस्थामा रहेको रुपैँयाको झोला सहित पेस्तोल फेला परेको छ । ९ लाख ९९ हजार रुपैँया सहित एक थान पेस्तोल र पाँच राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ । 
आज विहान साढे सात बजेतीर स्थानीयले प्रहरीलाई खबर गरेको र खण्डेश्वरी प्रहरी चौकीबाट गएको प्रहरीको टोलीले उक्त सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बेवारिसे अवस्थामा रहेको झोलाहरुमा दुई थान कालो रंगको झोला, २ थान छाता, १ चक्खु, एक पेन, एकथान यार्शा तोल्ने तराजु, ४ थान तराजुको ढक, ४ वटा सिक्का, १ पोका औषधी, एक किलोग्राम सतुवा, एकतोला यार्शागुम्बा, एकथान क्याल्कुलेटर, र सिप्टी गाविस वडा नम्बर ३ बस्ने जमनसिह महताको नाममा रहेको यार्शागुम्बा संकलन पुर्जी फेला परेको प्रहरीले जनाएको छ । अहिले थप अनुसान्धानका लागि लटिनाथ इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली त्यसतर्फ गएको र अनुस्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

सामाजिक संजाल

More

भिडियोहरु