रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Thursday, 2017 Sep 2117:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

पुनसंरचनाको प्रारम्भिक चरणमै विवाद ।।

नयाँ नेपाल एफ एम दार्चुला
नेपालमा संविधान जारी भएपछि, संविधानले नै व्यवस्था गरेको राज्यको पुनसंरचना गर्ने काम अहिले सुरु भइरहेको छ । आज दार्चुला जिल्लामा पनि स्थानीय विकास अधिकारीको संयोजकत्वमा रहेको प्रविधिक सहयोग समितिले गरेको परामर्श गोष्ठीमा बोल्ने अधिकाँसले केन्द्रबाट लादिएर आएको स्थानीय तहको संख्या दार्चुला जिल्लाको लागि उपयुक्त नभएको बताएका छन् । आयोगले स्थानीय तह गठन गर्दा हिमाल पहाड र तराईको भौगोलिक अवस्था अनुसार जनसंख्या, भुगोल, भाषा संस्कृति, रितिरिवाज, शिक्षा, स्वास्थ्य, खानेपानी, जस्ता विकास निर्माणका अन्य पूर्वाधारका आधारमा देशभरका सबै जिल्लाहरुमा संख्या तोके अनुसार दार्चुलामा सातवटा स्थानीय तह निर्माण गरिने बताई सकेको छ । 
 
तर दार्चुला जस्तो भौगोलिक विकटता भएको जिल्लामा स्थानीय तहको संख्या घटाउनु आपत्ती जनक रहेको नेकपा एमालेका जिल्ला कमिटि सदस्य डिएन घाजिरेलले बताउनु भयो । स्थानीय तहमा सेवा लिन जाँदा ४ घण्टा र फर्किदा ८ घण्टासम्मको समय लाग्ने कुरा उल्लेख छ तर जिल्लामा पुरै दिन लगाएर अहिलेकै स्थानीय निकायहरुमा पनि जान नसकिने किसिमको भौगोलिक अवस्था रहेको हुँदा जनसंख्यालाई मात्रै आधार मानेर तोकिएको संख्या स्वीकार्य नभएको बताए ।
 
त्यसैगरी नागरिक सामाजका संयोजक पुष्करराज जोशीले केन्द्रबाट संख्या लादेर स्थानीय स्तरमा जनताले सेवा पाउँछन भन्ने कुरा पत्यारिलो नभएकाले जनताले आफ्नो फैसला आफै गर्न पाउनु पर्ने धारणा राखेका छन् । त्यसैगरी समाज कल्याण समाजका रघुविरसिह ठगुन्नाले पनि दार्चुलाको भौगोलिक विकट जिल्लामा उक्त संख्या कम भएको बताए । दार्चुला जिल्लामा अहिले एक नगरपालिका र ३६ वटा गाविस रहेका छन् । ति सबैलाई मिलाएर सातवाट स्थानीय तह निर्माण गर्नु निकै चुनौतीपुर्ण र गम्भीर विषय भएकाले सघन छलफल र विचार विमर्श गरी पुनसंरचना गर्नु पर्नेमा जिल्लाका राजनीतिक दलहरुले जोड दिएका छन् । 
 

सामाजिक संजाल

More

भिडियोहरु