रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Thursday, 2017 Sep 2117:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

श्रमको पैसा सहयोगमा

पदम बडाल, दार्चुला
दैनिक हजारौं युवा रोजगारीको खोजिमा परदेश जान्छन् । ऋण काढेर परदेश गए पनि नेपाल र नेपालीको माया कहाँ छुट्छ ? खाडी मुलुकमा श्रम गरेर जम्मा गरेको पैसाले उनीहरु समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्छन् । तीमध्ये गफेसबुकमा ‘कृपया सहयोगी ग्रुप मोहन बडाल’ नामक पेज निर्माण गरि सहयोग गर्ने मलेसियामा रहेका दार्चुलेली युवाहरु पनि एक हुन् ।
यही समूहको सहयोगमा ५ दिन अगाडि मात्रै हिकिला गाविस वडा नम्बर ६ का उमेश धामी घर फर्किए । मलेसियामा रहेका युवाहरुको उक्त समूहले २९ सय आरएम अर्थात नेपाली रुपैयाँ ७८ हजार ३ सय रुपैयाँ बराबर सहयोग लिएर मलेसियाबाट धामी साउन ७ गते नेपाल फर्किए ।
उनलाई मलेसियामा कागजात तयार पार्ने, यातायात खर्च र घर खर्च समेत पुग्ने गरी सहयोग जुटाएर रकम उपलब्ध गराइएको उक्त ग्रुपमा आबद्ध हिकिला गाविस वडा नम्बर ४ स्थायी घर भएका मलेसियामा सुरक्षा गार्डका रुपमा कार्यरत परमलसिह समालले बताउनु भयो । नेपाली त्यसमाथि आफ्नै जिल्लाको युवालाई थोरै भएपनि सहयोग गर्न पाउँदा मन खुसि हुने बताउँदै मलेसिया मै कार्यरत अपि ७ धम्पनेराका देबसिह धामी परदेशमा विपत्मा परेका नेपालीलाई सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताउँछन् ।
समस्यामा परेका आफ्ना काकालाई यसरी सहयोग गरेर घरसम्म पुर्याउने सबै सहयोग गर्ने युवाहरुलाई उनका भतिजा रामसिह धामीले धन्यवाद दिएका छन् । ‘समस्यामा परेको बेला सहयोग गर्ने सबैलाई धन्यवाद छ ।’ उनले भने ।
सोही ग्रुपले भारतको बैङलोरमा सडक दुर्घटनामा परेर गोलोसन अस्पतालमा उपचार गराइरहेका हिकिला ४ का मोहन बडाललाई सहयोग गर्न ४ हजार ६ सय ५ आरएम सहयोग जुटाएको छ । हालसम्म उठेको १ लाख २४ हजार ३ सय ३५ नेपाली रुपैयाँमध्ये ८१ हजार ५ सय ४० रुपैयाँ अर्थात ३ हजार २० आरएम अस्पतालमा बुझाइ सहेको सहयोगकर्तामध्येका परमल समालले बताउनु भयो । समूहमा आबद्ध ३८ जनाले सहयोग गरेको बताउने समालले आउँदो २६ गतेसम्म (१० तारेख) सहयोग उठाइने बताउनु भयो । 
अरुलाई पनि विपत्को बेला सहयोग गर्ने गरेको बताउने समालले पछिल्लो पटक गरिएको सहयोगको रकम धेरै भएको बताउनु भयो । ‘श्रम गरेर कमाएको पैसालाई अरुको सहयोगमा लगाउन पाउँदा खुसी भएका छौं ।’ उनले भने ।
 

सामाजिक संजाल

More

भिडियोहरु