रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Thursday, 2017 Sep 2117:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

दश बर्षेद्वन्दका बेला क्षत्ती हुलाक सेवा सञ्चालनमै पुर्ननिर्माणको प्रक्रिया शुरु भएन ।।

नयाँ नेपाल एफ एम दार्चुला—
नेपालमा चलेको दश बर्षे जनयुद्धका बेला तत्कालिन विद्रोही पक्ष र सरकार पक्षबाट भौतिक र मानविय रुपमा विभिन्न क्षती भएको स्थानीय शान्ति समितिसँग तथ्याङ्क रहेको छ । त्यसै अन्तरगत दार्चुला जिल्लामा भएको विभिन्न क्षतिमध्ये भौतिक रुपमा अतिरिक्त, इलाका र गोश्वरा गरी दार्चुलाका २५ वटा हुलाक कार्यालयहरुमा क्षती भएको विवरण छ ।  तत्कालीन नेकपा माओवादीले जिल्लाका उक्त हुलाक कार्यालयहरुमा क्षती पु¥याएको र हुलाका सेवा समेत बन्द भएको थियो । देशमा शान्ति स्थापना भएको १० बर्ष वितिसक्दा पनि द्वन्दका बेला क्षती भएका भौतिक संरचनाहरुको पुर्ननिर्माण हुन सकेको छैन् । दार्चुला जिल्लाका हुती, सितोला, खरकडा, सर्मोली, डाडाकोट, सिप्टी, लाली, शंकरपुर, गोकुलेश्वर, रिठाचौपाता, हुनैनाथ, देथला, लटिनाथ, मालिकार्जुन, धाप, ग्वानी, दत्तू, तपोवन, शिखर, रानीशिखर , शेरी, धुलीगडा, पीपलचौरी, खण्डेश्वरी, घुसा र दल्लेख हुलाक कार्यालयमा क्षती भएको तथ्याङ्क छ । तर हाल जिल्लाका सबै हुलाक कार्यालयहरु सञ्चालनमा रहेको र भौतिक रुपमा पुनर्निमाण गर्नु पर्ने हुलाक कार्यालयको बारेमा एकीन नभएको जिल्ला हुलाक कार्यालय दार्चुलाका प्रमुख जितेन्द्र विकले जानकारी दिनुभयो । 
जिल्लामा द्वन्दका बेला क्षती भएका भौतिक संरचनाको बारेमा शान्ति तथा पुर्ननिर्माण मन्त्रालयमा तथ्याङ्क पठाईसकेको र क्रमाङ्गत रुपमा पुर्ननिर्माणको काम भइरहेको स्थानीय शान्ति समिति दार्चुलाका सचिव तेजराज तिमिल्सीनाले जानकारी दिनुभयो । 
 

सामाजिक संजाल

More

भिडियोहरु