रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Saturday, 2017 May 2717:23:43 NST

अहिले तरंग

गजल गंगा

केहि क्षणमा

खवर चेक

News

image not found

सुदूरपश्चिमको धार्मिक तथा संस्कृतिक पर्व गौराको रौनक सुरु

दार्चुला समाचार,
सुदूरपश्चिमाञ्चलको लोक संस्कृतिमा आधारित धार्मिक एवम् सांस्कृतिक गौरा पर्वको चहलपहल सुरु भएको छ । गौरा पर्व भदौ ९ गते पर्ने भए पनि गौराको अवसरमा खेलिने देउडा भने दुई साता अघिदेखि नै सुरु भइसकेको छ । दार्चुलाका विभिन्न गाविसमा साँझ पख गाउँलेहरु भेला भएर डेउडा खेल खेल्ने गरेको विभिन्न गाविसमा रहेका हाम्रा सम्बाददाताहरुले खबर पठाउनु भएको छ ।  त्यसैगरी बैतडी, डडेल्धुरा, कैलाली, कञ्चनपुर लगायत सुदुरपश्चिमका अन्य जिल्लाहरुमा पनि डेउडा खेल खेल्नेको भीड लाग्न थालेको छ । गौरा पर्वको विसर्जन नभएसम्म गौरा घर मन्दिर परिसरमा महिला पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई स्थानीय लोक भाषाका देउडा, चैत, धमारी लगायतका खेल खेलेर रमाइलो गर्ने गर्छन् । यसरी देउडा, चैत, धमारी खेल खेल्दा देवीदेवताका गाथासम्बन्धी गीतका साथै विभिन्न विषयमा गित गाएर रमाईलो गरिन्छ । गौरा पर्वको लागि विदेशमा रहेका व्यक्तिहरु पनि घर फर्कन थालेका छन् । 
सुदुरपश्चिममा गौरा पर्वलाई विषेश महत्वको पर्वका रुपमा मनाइने भए पनि पछिल्लो समय पुरानो संस्कृति विस्तारै हराउँदै गइरहेको स्थानीय जानकारहरुले बताएका छन् ।
 

सामाजिक संजाल

More

भिडियोहरु