रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Saturday, 2017 May 2717:23:43 NST

अहिले तरंग

गजल गंगा

केहि क्षणमा

खवर चेक

News

image not found

दत्तु गाविस पूर्ण खोपयुक्त घोषणा

दार्चुला समाचार
दार्चुलाको दत्तु गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, दत्तू गाविस र स्वास्थ्य चौकी दत्तुको संयुक्त प्रयासमा दत्तु गाविसलाई आज पूर्ण खोपयुक्त गाविसको घोषणा गरिएको हो । दत्तु गाविस र स्वास्थ्य चौकी दत्तुको आयोजनामा आज एक समारोहका बीच दत्तु गाविसलाई जिल्लाको ३१ औँ गाविसको रुपामा पुर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो । गाविसका प्राविधिक सहायक कर्ण खत्रीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा जिल्ला अस्पतालका डा. रबीरञ्जन शाह विशिष्ट अतिथि रहनु भएको थियो भने दत्तु स्वास्थ्य चौकीका प्रमुख योगेश कुमार शाहले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले गाविसलाई पूर्ण खोपयुक्त घोषणा गर्दैमा नहुने भन्दै स्वास्थ्यकर्मीहरु लगायत आम सरोकारवालाहरुले यस कार्यमा निरन्तरता दिनु पर्ने बताउनु भयो । 
कार्यक्रममा महिला स्वास्थ्य स्वयम् सेविका तथा आमा समूहरुलाइ दोसाल्ला तथा प्रशंसा प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनीधिहरु, आमा समूह, महिला स्वास्थ्य स्वायम् सेविका लगायत सर्वसाधारणको सहभागीता रहेको  दत्तुबाट नयाँ नेपाल सहकर्मी राजेन्द्र नागारीले खबर पठाउनु भएको छ ।
 

सामाजिक संजाल

More

भिडियोहरु