रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Wednesday, 2017 Apr 2617:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

image not found

देथलाका खेतबारी पोली हाउसले सेताम्य, एक सिजनमा ४८ सय क्वीन्टल गोलभेडा निर्यात

दार्चुला समाचार 
दार्चुलाको देथला गाविसका वडा नम्बर २, ३, ५, ६, ७, ८, र ९ का कृषकहरुका खेतबारी अहिले पोलीहाउसले सेताम्य भएका छन् । सहकारी मार्फत व्यवसायिक रुपमा तरकारी खेती गरिएको देथला गाविसमा साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाले ७० वटा पोलीहाउस निर्माण गरिदिएपछि त्यहाँका किसानहरुका दिन फेरिन थालेको सहकारीका अध्यक्ष पदमबहादुर चन्दले जानकारी दिनुभयो ।   पछिल्लो दुईतीन बर्ष यता उत्पादनशिल कृषि सहकारी संस्था मार्फत देथला गाविसमा तरकारी खेत भईरहेको छ । १ सय ४१ जना कृषकहरु व्यवसायिक तरकारी खेतीमा आबद्ध भएपछि अहिले देथला गाविसबाट सिजनमा ४८ सय क्वीन्टल गोलभेडा उत्पादन गरि विक्रिवितरण भईरहेको छ । 
२०७० सालमा सहकारी स्थापना गरी व्यवसायिक तरकारी खेती गर्न सुरु गरिएको सहकारी अध्यक्ष चन्दले बताउनु भयो । किसानहरुको तरकारी खेतबाटै किनेर बजारसम्म ल्याउन थाले पछि त्यहाँका किसानहरु तरकारी खेततर्फ आकर्षित हुन थालेका हुुन् । अहिले किसानले गोलभेडा रोपेको र सिजनमा एक परिवारले कम्तीमा ३० देखि ४० हजार रुपैँयासम्म आम्दानी गर्ने गरेको चन्दले बताउनु भयो । सिजनमा दुई तिन जनाले तरकारी संकलन गर्ने, बजारमा पु¥याउने सहकारीको गतीविधीलाई पनि दुरुस्त राख्ने काम गरेपछि गाउँमै रोजगारीको पनि सिर्जना भएको अध्यक्ष चन्दको भनाई छ ।
 

सामाजिक संजाल

More

भिडियोहरु