रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Tuesday, 2017 Nov 2117:23:43 NST

अहिले तरंग

श्रोता सन्देश

केहि क्षणमा

हिन्दी गीत

News

image not found

कस्तुरीको विना सहित पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक ।।

दार्चुला सामाचार 
दार्चुलाको गुल्जरबाट कस्तुरीको बिना सहित पक्राउ परेका दुईजनालाई प्रहरीले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । शेरी गाविस वडा नं. ८ का ३५ वर्षिय उत्तरसिह कोट्टारीले विगत देखी अबैध बन्यजन्तुको चोरी शिकारी गर्ने गरेको भन्ने विषेश सुराकीको आधारमा उनलाई अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय खण्डेश्वरी सेक्टरका कर्मचारी र इलाका प्रहरी कार्यालय लटीनाथको टोलीले हिजो पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनले केही समय अगाडी बझाङको जंगलबाट २ वटा कस्तुरी मारेर कस्तुरीको बिना ८७ हजार रुपैँयामा गुल्जर गाविस वडा नम्बर ९ बस्ने आईते भनिने अम्मरसिह ठगुन्नालाई दिएको बुझीएको छ ।  आईतबार प्रहरी र संरक्षण क्षेत्रका कर्मचारीले अम्मरसिह ठगुन्नाको घर खानतालासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा करिब ३ तोलाको दुई थान कस्तुरीको बीना बरामद गरेको हो । पक्राउ परेकाहरलाई आवश्यक कारवाहीको लागि  अपि नाम्पा संरक्षण क्षेत्रको जिम्मा लगार्इएकाे जिल्ला प्रहरी कार्यालय दाुर्चलाका प्रहरी नायव उपरिक्षक शुसिलसिह राठौरले जानकारी दिनुभयो ।

सामाजिक संजाल

More

भिडियोहरु