रेडियो नयाँ नेपाल एफ.एम १०४.५ मेगाहेर्ज़
अपि नगरपालिका-११, दार्चुला नेपाल

Thursday, 2017 Sep 2117:23:43 NST

अहिले तरंग

केहि क्षणमा

राष्ट्रगान प्रारम्भ

News

image not found

एकदिवसीय क्रिकेट खेलमा भारतविरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक जित

भारतबिरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा दक्षिण अफ्रिकाले पाँच रनको रोमाञ्चक जित हासिल गरेको छ । जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा १–० को अग्रता लिएको छ । भारतको कानपुरमा आइतबार बेलुकी सम्पन्न खेलमा ३०४ रनको बिजयी लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९८ रन मात्र बनाउन सक्यो । रोहित शर्माले १५० रनको शानदार इनिङ खेल्दै भारतलाई जित नजिक पुर्‍याए पनि अन्य ब्याट्सम्यान चल्न नसकेपछि भारत पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउदै ३०३ रन जोडेको थियो । दक्षिण अफ्रिकाका लागि एबी डेभिलियर्सले मात्र ७३ बलको सामना गर्दै १ सय ४ रनको योगदान गरे । अब यी दुइ राष्ट्रबीच दोस्रो एकदिवसीय खेल आगामी बुधबार हुनेछ ।
 

सामाजिक संजाल

More

भिडियोहरु